कभर स्टोरीमा विविधता होओस्

सरसर्ती हेर्दा पत्रिका गुणस्तरीय छ । यसमा समावेश भएका सबै सामग्री जीवनोपयोगी छन् । सारभूतरूपमा विभिन्न विधाहरूको सम्बन्ध मानिसको स्वास्थ्य र जीवनशैलीमा रहने यथार्थलाई प्रस्तुत गरेको यस पत्रिकाको सन्देश तथा अपिल स्वागतयोग्य छ ।

हामी धेरैलाई आफ्नो घरमै भएका विभिन्न सामग्रीको महत्त्व थाहा नहुन सक्छ । यहाँ प्रस्तुत लेखहरूले स–साना तर गहकिला कुराहरूलाई मध्येनजर गरी तिनको महŒवमाथि प्रकाश पार्न खोजेको पाइयो । खानाका परिकारहरूका सौखिनलाई मध्यनजर गरी प्रस्तुत गरिएको ‘परिकार’ स्तम्भले खाने कुरा बनाउने सिपलाई थप परिष्कृत गर्न सक्छ । घरमै बसेर मुख फेर्दै खाने कुरा चाख्न चाहनेहरूका लागि त यो स्तम्भ वरदान नै सावित हुन सक्छ । ‘होलिस्टिक’ मार्फत स्वास्थ्य कानुनसम्बन्धी लेखहरू समेत प्रस्तुत गरिँदा मानिसमा कानुनी ज्ञानको तह बढाउन समेत मद्धत पुगेको छ ।

मैले ‘होलिस्टिक’ को पहिलो अङ्कदेखिकै पाठक बन्ने अवसर पाएकी छु । हालसम्म प्रकाशित तीन वटा अङ्कहरूको अध्ययन गर्दा यस पत्रिकाको स्तर निकै माथि रहेको अनुभूति हुन्छ । आगामी अङ्कहरू अझ परिष्कृत, झन् गुणस्तरीय र पठनीय बन्दै जाऊन्; त्यसो हुने विश्वास समेत प्रकट गर्दछु । सुरुदेखि हालसम्म कभरस्टोरीमा कलाकर्मीलाई मात्र स्थान दिइँदै आएकामा अब भने सामाजिक अभियन्ता र अरु क्षेत्रका पात्रहरूमा पनि ध्यान जाओस् । त्यसो हुन सके ‘सुनमा सुगन्ध’ थपिए झैं हुने थियो ।

सिर्जना वन
नयाँबानेश्वर, मीनभवन, काठमाडौं