रोगसँग लड्ने मेवा
होलिस्टिक संवाददाताभनिन्छ– ‘जसले गर्छ सेवा, उसले खान्छ मेवा’ । यो भनाइबाटै थाहा हुन्छ कि मेवा कति गुणकारी फलफूल हो भन्ने कुरा । मेवा निकै स्वादिलो तथा स्वास्थ्यवद्र्धक फल हो । खान मात्र होइन, कस्मेटिक्स सामग्रीमा प्रयोग गर्ने हिसाबले समेत यो त्यत्तिकै लोकप्रिय छ ।
अङ्ग्रेजीमा ‘पपैया’ भनिने मेवाबाट बनेका कस्मेटिक्स सामग्री बजारमा प्रशस्तै पाइन्छन् । गर्मी ठाउँमा फल्ने मेवा नेपालको तराई क्षेत्रमा प्रशस्त उत्पादन हुन्छ । अध्ययनअनुसार यसको उद्गमथलो ‘मेक्सिको’ हो । मेवालाई सलाद, हलुवा, पपैया लस्सी, जुस, जामका रूपमा खान सकिन्छ । यो चिसो किसिमको फल भएकाले गर्मी मौसममा यसले शरीरलाई शीतलता प्रदान गर्छ ।
पाइने तत्त्व
खाँदा अत्यन्तै स्वादिलो र रसिलो फल मेवामा शरीरलाई आवश्यक महत्त्वपूर्ण पोषण–तत्त्व पाइन्छन् । मेवामा भिटामिन ‘सी’ प्रचूर मात्रामा पाइन्छ । करिव डेढ किलो मेवामा ३० ग्राम कार्बोहाइड्रेड, ५ ग्राम फाइबर, १८ ग्राम सुगर, २ ग्राम प्रोटिन पाइन्छ ।
मेवामा ‘फोलेट’, ‘भिटामिन– ए’, ‘म्याग्नेसियम’, ‘कपर’, ‘भिटामिन–के’, ‘भिटामिन– ई’, ‘लाइकोपिन’ जस्ता सूक्ष्म पौस्टिक तत्त्व समेत पाइन्छन् ।
फाइदा
मेवामा पाइने ‘बिटा–क्यारोटिन’ तत्त्वले दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिमबाट बच्न मद्दत गर्छ । यसमा पाइने ‘भिटामिन– के’ ले हड्डीलाई स्वस्थ तथा मजबुत राख्न सहयोग गर्छ । सन्तुलितरूपमा मेवा खानाले पाचन प्रणाली स्वस्थ तथा मजबुत बनाउन सहयोग गर्छ । यसले खानालाई सहजरूपमा पचाउन सहयोग पुर्याउँछ । खाद्य पदार्थ सहजरूपमा पच्दा पेट मात्र होइन, पूरा शरीर नै स्वस्थ हुन्छ । यसमा पाइने फाइबर, पोटासियम र भिटामिनले मुटुमा हुने रक्तचापलगायतका समस्याबाट बच्न सकिन्छ । यसले हृदयाघातको सम्भावनाबाट समेत बचाउँछ । मेवामा पाइने ‘भिटामिन– ए र सी’ ले कपाल स्वस्थ्य र तन्नेरी राख्न सहयोग पुर्याउँछ ।
मेवाको सेवन गर्दा मधुमेहबाट त बच्न सकिन्छ नै मधुमेह भैसकेका व्यक्तिले समेत मेवा खाँदा स्वास्थ्यलाभमा सहयोग पुग्छ । अध्ययनअनुसार घाउ चाँडै निको हुन समेत मेवाको सेवनले सहयोग मिल्छ । पौस्टिक तत्त्व पाइने भएकाले सामान्यतः सबै उमेर समूहका व्यक्तिले मेवा खान सकिन्छ ।
पाको उमेरका व्यक्तिले सन्तुलितरूपमा मेवा खानाले शारीर मजबुत हुनुका साथै अनुहार समेत सुन्दर हुन्छ । यसले व्यक्तिलाई जवान देखिन मद्धत गर्छ । यसमा पाइने पोषण तत्त्वका कारण सन्तुलितरूपमा मेवाको सेवनले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । दैनिक आधा किलोसम्म मेवा खान सकिन्छ । बढी खाएको अवस्थामा नकारात्मक असर देखिन सक्छ ।