५९ पुगे कोरोना संक्रमित : रुपन्देही र बाँकेमा भेटिए दुई पीडित

होलिस्टिक संवाददाता

नेपालभित्र कोरोनाभाइरस (काेभिड– १९) संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देही र बाँकेमा गरी दुई संक्रमित पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय युवक र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।