‘होलिस्टिक’ को थालनी : सराहनीय कदम

होलिस्टिक संवाददाता

पोषण–पूरक आहारको माध्यमबाट मानिसलाई शारीरिकरूपमा स्वस्थ बनाउन योगदान गर्दै आइरहेको ‘होलिस्टिक हेल्थ’ ले ‘होलिस्टिक मासिक’ को प्रकाशनारम्भ गरेर मानसिक र बौद्धिक रूपबाट समेत स्वस्थ बनाउने प्रयास थाल्नु आफैंमा सराहनीय कदम हो । यस कामका निम्ति यस पत्रिकाको प्रकाशन संस्था तथा सम्पादक टिमलाई हार्दिक धन्यवाद ।

चर्चित एवम् जनचासोकी पात्र सुगरिका केसीको कभर स्टोरीसहित जीवनशैली, नेचर, पोषण÷परिकार, जनस्वास्थ्य र सम्बन्ध÷यात्राशैली नामक स्तम्भहरूमार्फत सोह्र वटा स्तरीय सामग्री प्रकाशन गरेको पहिलो अङ्क निकै गुणस्तरीय लाग्यो । यो अङ्क हेर्दा ‘हुने बिरुवाको चिल्लो पात’ भन्ने लोकोक्तिको सम्झना भयो । यसले क्रमशः लोकप्रियताको उचाई हासिल गर्दै जानेमा विश्वस्त छु ।

‘हेल्थ एन्ड लाइफस्टाइल’ लाई मुख्य विषयवस्तु बनाएर पहिलो अङ्कमै अत्यन्तै शानदार प्रस्तुतिका साथ बजारमा आएको ‘होलिस्टिक’ ले निरन्तरता पाओस् । यसले पस्कने विषयवस्तु र सामग्रीहरू अझ गुणस्तरीय बन्दै जाऊन् र आम पाठकवर्गको मन जित्न सकोस्, हार्दिक शुभकामना !

– मुना चेम्जोङ (लिम्बू)
धरान– ९, सुनसरी