दुईवर्षे होलिस्टिक–यात्रा: सङ्क्षिप्त सिंहावलोकन

होलिस्टिक संवाददाता

अङ्ग्रेजी वर्ष २०१९ सकिनै लाग्दा उत्सुक, जिज्ञासु र कटिबद्ध एउटा टिम एक नयाँ अभियानको तयारीमा थियो । होलिस्टिक हेल्थका अध्यक्ष डम्बरबहादुर सुनुवारको नेतृत्वमा प्रा.डा. सुनिलकुमार जोशी तथा अधिवक्ता लक्ष्मण बस्यालसहितको संस्थापक टिमले सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापक समूहलाई गोलबद्ध गरिरहेको थियो । नयाँ वर्ष २०२० को आगमनसँगै होलिस्टिक मासिकको पहिलो अङ्क सार्वजनिक गरेर निरन्तर प्रकाशन–यात्रा अघि बढाउने योजनामा क्रियाशील थियो होलिस्टिक परिवार ।

अन्ततः योजनाले मूर्तरूप लियो । र, एक भव्य समारोहबीच १ जनवरी, २०२० मा सार्वजनिक भयो होलिस्टिक मासिकको पहिलो अङ्क । निकै ठूलो उत्साह, गहिरो प्रतिबद्धता र अठोटपूर्ण प्रयत्नका साथ प्रकाशन–यात्रा अघि बढाउने प्रयास भइरहेकै बेला अकस्मात निकै ठूलो अड्चन देखापर्‍यो । त्यो अड्चन केवल होलिस्टिकका लागि मात्र खडा भएको थिएन; पूरै नेपाल राष्ट्र मात्र पनि होइन कि सिङ्गै पृथ्वीलाई नै प्रभावित पारेर अस्तव्यस्त तुल्याउने व्यवधान थियो ।

कोरोनाभाइरस महामारीको विश्वव्यापी प्रकोपले जनजीवन, समाज, राष्ट्र र विश्वलाई नै किंकर्तव्यविमूढ तुल्याएका बेला भर्खरै बामे सर्न थालेको होलिस्टिक यात्रा समेत प्रभावित नहुने कुरै भएन । ठूलठूला सञ्चारगृहहरूले दशकौंदेखि चलाउँदै आएका स्थापित पत्रपत्रिकाको प्रकाशन स्थगित गरिए भने कयौं त बन्द नै भए ।

यति ठूलो प्रतिकूलताका बीचमा समेत केही अङ्क प्रकाशन हुन नसक्ने र केही अङ्क अलिक ढिलो प्रकाशन हुनेबाहेक होलिस्टिक प्रकाशन–यात्रा भने निरन्तर अघि बढ्यो । होलिस्टिक–यात्राको दोस्रो महिना अर्थात् तेस्रो अङ्कको तयारीका बेलादेखि नै बहुआयामिक ढङ्गले समाज, जनजीवन र कामकाजलाई गम्भीररूपले प्रभावित तुल्याउँदै आएको कोरोनाभाइरसको महामारी अझै सकिएको छैन । तर, होलिस्टिक–यात्राले भने यसअघि नै अठारौं फड्को मारिसकेको छ । र, आज हामी उन्नाईसौं अङ्कका साथ तेस्रो वार्षिकोत्सव मनाइरहेका छौं ।

होलिस्टिकका हरेक अङ्क समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याएका कुनै पात्रमा केन्द्रित रही तयार पारिएको ‘कभर स्टोरी’; स्वस्थ एवम् स्वच्छ जीवनशैली अपनाउन नागरिकलाई उत्प्रेरित गर्ने स्तम्भ ‘जीवनशैली’; प्रकृतिमा जन्मी–हुर्की पौरख गरेर अन्ततः प्रकृतिमै समापन हुने सजीवहरूबारे सूक्ष्म विश्लेषण गर्ने स्तम्भ ‘नेचर’; स्वस्थ, स्वच्छ एवम् गुणस्तरीय परिकारहरू एवम् पोषणयुक्त खानपानबारे चर्चा गर्ने स्तम्भ ‘पोषण/परिकार’; जनस्वास्थ्यका विभिन्न आयामहरूमा छलफल गर्ने स्तम्भ ‘जनस्वास्थ्य’ र प्रकृति, वन्यजन्तु र मानिसका बीचको अन्तर्सम्बन्ध एवम् अन्तर्घुलन तथा स्वदेश–विदेशका विभिन्न पात्र र प्रसङ्गबारेका अनुभूति शेयर गर्ने स्तम्भ ‘सम्बन्ध/यात्राशैली’ लाई मूलतः मुख्य विषयवस्तु बनाएर प्रकाशित भएका छन् । र, आगामी दिनमा पनि मूलतः यिनै विषयवस्तु र स्तम्भमा आधारित रही अझ गुणस्तरीय, खोजमूलक, विश्लेषणात्मक र रचनात्मक सामग्री पस्कनु होलिस्टिक–यात्राको ध्येय हुने छ ।

सुगरिकासँगै पहिलो अङ्क

पूर्व ‘मिस नेपाल’ सुगरिका केसीको कभर स्टोरीसहित होलिस्टिक मासिकको पहिलो अङ्क प्रकाशित भएको छ । ‘जीवनशैली’ अन्तर्गत गायिका टीका प्रसाईंको जीवनशैली, ‘भान्सामा साङ्लाको रजाइँ’ शीर्षकमा चर्चित चिकित्सक डा. शेरबहादुर पुनको आलेख र ‘अनुहार चम्काउने भ्याम्पायरको चमत्कार’ शीर्षकमा डा. रविन्द्र शर्माको लेख यो अङ्कमा प्रकाशित छन् ।

‘नेचर’ स्तम्भअन्तर्गत प्राकृतिक चिकित्सक डा. डीबी सुनुवारको ‘जीवनबुटी यार्सा’ र होलिस्टिक टिमले तयार पारेको ‘नोनी’, ‘नीम’, ‘गानोदर्मा’ र ‘लेमनग्रास’ जस्ता सामग्रीको चर्चा गरिएको छ । ‘पोषण/परिकार’ स्तम्भअन्तर्गत ‘कोदाको शक्ति’ शीर्षकमा रेश्मा सिंहको रिपोर्टं तथा ‘थाई सुप: तोम् याम् कुङ्’, ‘मासुको अचार’, ‘क्याबेज रोल’, ‘गाजरको हलुवा’ र ‘कुकिज’ परिकार बनाउन आवश्यक सामग्रीको सूची तथा बनाउने तरिका प्रकाशित छन् ।

‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत ‘जाडोमा स्पाको आनन्द’ शीर्षक अनिता सुनुवारको आलेख, प्राकृतिक चिकित्सा क्षेत्रमा समर्पित डा. जनकबहादुर बस्नेतबारे टिप्पणी र पौशाकका शौखिन डा. विवेक आचार्यसँगको पोशाक–वार्ता प्रकाशित छन् । ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत गोपाल ढकालको ‘सुखद् सुहागरातको सूत्र’ र वामनप्रसाद गौतमको ‘चार जागिरको सकस र रागिनीको राग’ शीर्षक आलेख तथा डा. डीबी सुनुवारको ‘हिमभन्ज्याङ फट्केर थोराङपास चुम्दा’ शीर्षक यात्रा–वृत्तान्त एवम् ‘पवनकली र कृष्णप्रसादको प्रेम’ शीर्षकमा सागर दाहालको रिपोर्टिङ प्रकाशित छन् ।

श्वेताको ‘कभर कभरेज’ मा दोस्रो अङ्क

होलिस्टिकको दोस्रो अङ्क चर्चित अभिनेतृ एवम् उद्यमी श्वेता खड्काको कभर स्टोरीका साथ प्रकाशित भएको छ । यस अङ्कमा ‘भान्सामा मुसाबाट सङ्क्रमणको डर’ शीर्षकमा चिकित्सक शेरबहादुर पुनको आलेख, गायिका मनिषा पोखरेल र डा. प्रकाशराज रेग्मीको जीवनशैली प्रकाशित छन् । ‘रोग फाल्ने रेइसी’ शीर्षकमा डा. डीबी सुनुवारको आलेख, अनिता सुनुवारको ‘छाला टल्काउने स्टिम बाथ’ र लेऊ, जिरा, घ्युकुमारी र पुदिनाको परिचर्चा यस अङ्को ‘नेचर’ स्तम्भमा प्रकाशित छन् ।

‘कुपोषणको समस्यामा बालबालिका’ शीर्षकमा सागर दाहालको रिपोर्टिङ, ‘ऊर्जा दिने घिउफल’, ‘नर्सको भद्रगोल खानपान’, ‘पैदल यात्रुको सडक सुरक्षा’ र माछाको अचार, ओनिअन सुप, फर्सीको खीर तथा कागतीको निम्कीजस्ता परिकार बनाउने तरिका यस अङ्कको ‘पोषण÷परिकार’ स्तम्भमा प्रकाशित छन् । ‘प्रजनन अधिकार: कार्यान्वयन फितलो’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्याले आलेख, थालासिमिया रोगबारे पारसनाथ मिश्रको अनुभव, क्यान्सर जितेकी वरिष्ठ नर्स तारा पोखरेलको जीवनकहानी, हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ को स्वास्थ्य–सचेतना र विन्टर डिप्रेसनका सम्बन्धमा डा. जया रेग्मीको आलेख दोस्रो अङ्कको ‘जनस्वास्थ्य’ स्तम्भमा प्रकाशित छन् ।

यस अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत ‘बाघसँग हरिकृष्णको आत्मीयता’ शीर्षकमा सागर दाहालको रिपोर्टिङ, पाको उमेरलाई सहज बनाउनेबारे प्रा.डा. दिनेश बाँस्तोलाको आलेख प्रकाशित छन् । यसै स्तम्भमा यौनकर्म र गोपनीयतासम्बन्धमा गोपाल ढकालको मनोविश्लेषण र ‘आठौं आश्चर्य : पेट्रा’ शीर्षकमा डा. डीबी सुनुवारको यात्रावर्णन समेत प्रकाशित छन् ।

तेस्रो अङ्क: अभिनेतृ लक्ष्मीदेखि ग्रेट पिरामिडसम्म

अभिनेतृ लक्ष्मी बर्देवाको कभर कभरेजसहित होलिस्टिकको तेस्रो अङ्क प्रकाशित छ । यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. प्रकृति ज्ञवालीको ग्ल्यामरचेत, डा. रविन्द्र शर्माको स्तन–सौन्दर्य र गायिका शान्तिश्री परियारको स्वास्थ्य अनुभूति प्रकाशित छन् । ‘नेचर’ स्तम्भअन्तर्गत अनिता सुनुवारको ‘सुन्दर अर्किडको औषधीय गुण’, डा. डीबी सुनुवारको ‘जिन्सेङ: प्रकृतिको रोचक उपहार’, डा. शेरबहादुर पुनको ‘भान्सामा फ्लुको सङ्क्रमण’ शीर्षकका आलेख तथा सिल्भर टिप्स, मेथी, बेसार र युक्यालिप्ट्सजस्ता वनस्पतिको चर्चा प्रकाशित छन् ।

‘पोषण/परिकार’ स्तम्भअन्तर्गत मेवाको महिमा र जुकिनी सुप, बारा, अमलाको अचार तथा चिकेन रोस्टजस्ता परिकार बनाउने तरिका प्रकाशित छन् । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत स्तन क्यान्सर जितेकी तारा राईको अनुभूति, नर्सहरू सपना श्रेष्ठ, नेला साङ्मो लामा, कञ्चन बुढाथोकी र अञ्जली पोखरेलको खानपानशैली, मन पढ्ने चिकित्सक डा. अनन्त अधिकारीको जीवनवृत्त, हास्यकलाकार सुरवीर पण्डितको जीवनशैली, स्वास्थ्य अभियन्ता प्रा.डा. सुनिलकुमार जोशीको सङ्घर्ष र सङ्क्रामक रोगसम्बन्धी कानुनी व्यवस्थाबारे अधिवक्ता लक्ष्मण बस्यालको परिचर्चा प्रकाशित छन् ।

तेस्रो अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत पाको उमेरमा स्वस्थ रहनेबारे प्रा.डा. दिनेश बाँस्तोलाको आलेख, ‘तन टाढा, मन छाडा’ शीर्षकमा मनोविद् गोपाल ढकालको विश्लेषण प्रकाशित छन् । यसै अङ्कमा ‘ग्रेट पिरामिड अफ गिजा’ शीर्षकमा डा. डीबी सुनुवारको भ्रमण–चर्चां समेत प्रकाशित छ ।

चौथो अङ्क : कलाकार उपासनादेखि नोमपेन्ह यात्रासम्म

कलाकार एवम् मोडल उपासना नेम्बाङको कभर स्टोरीसहित चौथो अङ्क प्रकाशित छ । ‘जीवनशैली’ स्तम्भअन्तर्गत काङ्ग्रेस नेता विश्वप्रकाश शर्माको जीवनशैलीबारे केदारनाथ गौतमको प्रस्तुति, भान्सालाई कोरोनाबाट जोगाउने उपायसम्बन्धमा डा. शेरबहादुर पुनको आलेख र हास्यकलाकार छन्देको जीवनशैली प्रकाशित छन् । ‘नेचर’ स्तम्भअन्तर्गत ‘जवान राख्ने जमरा’ शीर्षकमा डा. डीबी सुनुवार र ‘घरको धन्दा : व्यायामका फाइदा’ शीर्षकमा अनिता सुनुवारको आलेख एवम् एन्जेलिका, रोजमेरी, लसुन र सिस्नोजस्ता जडीबुटीको महिमा प्रकाशित छन् ।

‘पोषण/परिकार’ स्तम्भअन्तर्गत ‘शरीर बलियो, रोग गल्यो’ शीर्षकमा व्यायाम र आयुर्वेदिक उपचारसम्बन्धी रिपोर्टिङ; मटन तास, फ्रेन्च फ्राइज, पालक पनीर र जिन्जर चिकेन सुपजस्ता परिकार बनाउने तरिका; खर्बुजाको महिमा र नर्सहरू सुमित्रा मानन्धर, अनिशा निरौला, एलिसा घिमिरे र प्रिया उप्रेतीको खानपानशैली प्रकाशित छन् । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत कोरोनाबाट सावधानी र पीपीई प्रयोग गर्ने तरिकाबारे प्रा.डा. सुनिलकुमार जोशीको आलेख, चर्चित गायिका अञ्जु पन्तको लकडाउन दैनिकी र ‘निषेधित क्षेत्रमा चुरोटको धुवाँ’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्यालको आलेख प्रकाशित छन् ।

चौथो अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत प्रा.डा. दिनेश बाँस्तोला मृत्युको मुखबाट बौरिँदाको अनुभूति, ‘प्रकोपको अवस्थामा सन्तुलित यौन’ शीर्षकमा गोपाल ढकालको मनोविश्लेषण प्रकाशित छन् । यसै स्तम्भमा ‘नोमपेन्हको हरिया यात्रा’ शीर्षकमा डा. डीबी सुनुवारको यात्रा विवरण समेत प्रकाशित छ ।

‘रमाइला राजेशपायल’ सँगै पाँचौं अङ्क

सुपरिचित गायक राजेशपायल राईको कभर स्टोरीका साथ होलिस्टिकको पाँचौं अङ्क प्रकाशित छ । यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा ‘नेपालमा कोरोना महामारी: यथार्थ र भ्रम’ शीर्षकमा डा. शेरबहादुर पुनको आलेख नायिका/गायिका सारिका घिमिरे र कलाकार बल्छी ध्रुवेको जीवनशैली तथा गायिका मेलिना राई, सङ्गीतकार सन्तोष श्रेष्ठ, अभिनेता पुष्प खड्का र मोडल/अभिनेतृ अनु पराजुलीको लकडाउन डायरी प्रकाशित छन् । ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘शक्ति बढाउने टङ्कटअली’ र अनिता सुनुवारको ‘पेटको बोसो पगाल्ने घरेलु उपाय’ शीर्षक आलेख तथा गुलियो आँपको महिमा एवम् करेला, तेजपात र तिलजस्ता वनस्पतिबारे चर्चा प्रकाशित छन् ।

पाँचौं अङ्कको ‘पोषण/परिकार’ स्तम्भअन्तर्गत ‘पत्रु खाना’ बाट बालबालिकालाई जोगाउनुपर्ने डा. अरुणा उप्रेतीको आह्वान तथा डोनट, क्रिमी चिकेन सुप, एलोभेराको अचार र मटन करी बनाउने तरिका प्रकाशित छन् । यस अङ्कको ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत ‘गर्भवतीले सङ्क्रमण छल्ने टेक्निक’ शीर्षकमा शङ्कर क्षेत्रीको रिपोर्टिङ तथा ‘तनाव कम, सुन्दरतामा दम’ शीर्षकमा डा. प्रकृति ज्ञवाली र ‘कानुनमा महिला स्वास्थ्य’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्यालको आलेख प्रकाशित छन् ।

यस अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत ‘कसरी गर्ने मृत्युको घोषणा’ शीर्षकमा प्रा.डा. दिनेश बाँस्तोला र ‘उच्छृङ्खल यौन’ शीर्षकमा गोपाल ढकालको आलेख प्रकाशित छन् । यसै अङ्कमा ‘डेस्टिनेसन ग्रेटवाल’ शीर्षकमा डा. डीबी सुनुवारको यात्रा वृत्तान्त समेत प्रकाशित छ ।

छैटौं अङ्कमा ‘भगवान्’ सँग साक्षात्कार

होलिस्टिकको छैटौं अङ्क वरिष्ठतम चिकित्सक डा. भगवान कोइरालाबारे विश्लेषणात्मक कभर स्टोरीका साथ प्रकाशित छ । यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा ‘कोरोना सङ्क्रमण : जाडोमा झन् जोखिम’ शीर्षकमा डा. शेरबहादुर पुन, डा. नविन दर्नालको ड्रेस–सेन्स आधारित जीवनशैली, हास्यकलाकार सुमन कार्कीको जीवनशैली र लेजर थेरापीविज्ञ डा. सुशीला वैद्यसँगको अन्तर्वार्ता प्रकाशित छन् । यस अङ्कको ‘नेचर’ स्तम्भमा ‘सिर्जनशील बनाउने ओमेगा’ शीर्षकमा डा. डीबी सुनुवार र ‘माटोले चम्काउनोस् छाला, भगाउनोस् अनेकौं रोग’ शीर्षकमा अनिता सुनुवारको आलेख तथा कफी, कडीपत्ता र हिङको महिमा एवम् ‘नेपालमा कोरोना उपचार: अक्सिजन, औषधि र प्लाज्मा’ शीर्षक रिपोर्टिङ र आर्मी बन्ने प्रयासमा स्वस्थ बनेका गायक कृष्ण काफ्लेको अन्तर्वार्ता प्रकाशित छन् ।

यस अङ्कको ‘पोषण/परिकार’ स्तम्भअन्तर्गत मटन कबाव, केराको रोटी, च्युराको पकौडा र कर्कलो करी बनाउने तरिका तथा नर्सहरू सुस्मिता भट्टराई, शिवानी श्रेष्ठ, ग्रीष्मा उप्रेती र युनिसा कार्कीको खानपान र जीवनशैली प्रकाशित छन् । जनस्वास्थ्य स्तम्भमा ‘कोरोना विभेद: सही सूचनाको अभावले फैलाएको भ्रम’ शीर्षकमा शङ्कर क्षेत्रीको रिपोर्टिङ, ‘कानुनमा अधिकार, पेट भोकै’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्यालको आलेख, ‘एलर्जीपीडित मोडल/कलाकार दीपाशा’ शीर्षकमा दीपाशा बीसीसँगको भोला अधिकारीको कला–संवाद आलेख र ‘जाने औषधि, नजाने दुर्गति’ शीर्षकमा प्रा.डा. दिनेश बाँस्तोलाको आलेख प्रकाशित छन् ।

छैटौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत ‘महामारीबीच विवाहको द्विविधा’ शीर्षकमा मनोविद् गोपाल ढकालको टिप्पणी र ‘कोलोसियुमको यात्रा: आठौं आश्चर्य’ शीर्षकमा डा. डीबी सुनुवारको भ्रमण अनुभूति प्रकाशित छन् ।

सातौं अङ्कमा बेनिसा हमालदेखि मुमताज महलसम्म

अभिनेतृ बेनिसा हमालको कभर स्टोरीका साथ होलिस्टिकको सातौं अङ्क प्रकाशित छ । यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा ‘यात्रा गर्दा यसरी जोगिऔं कोरोनाबाट’ शीर्षकमा डा. शेरबहादुर पुन र ‘फङ्सनल फुड: नियमन र बुझाइ’ शीर्षकमा डा. ईश्वर सुवेदीको आलेख तथा डा. जेबिना लामाको जीवनशैली र उसिनेको मासुको स्वास्थ्यलाभका सम्बन्धमा शङ्कर क्षेत्रीको रिपोर्टिङ प्रकाशित छन् । ‘नेचर’ स्तम्भअन्तर्गत ‘पशुपक्षीको चालमा व्यायामको रिदम’ शीर्षकमा अनिता सुनुवार र ‘जवानी फर्काउने एन्टलर’ शीर्षकमा डा. डीबी सुनुवारका आलेख तथा काँक्रोको स्वाद र धुपीको बासनाजस्ता वनस्पतिजन्य सामग्री प्रकाशित छन् ।

यस अङ्कको ‘पोषण/परिकार’ स्तम्भमा मटन कोर्मा, डिटक्स जुस, चक्लेट मफिन र भण्टाको अचार बनाउने तरिका प्रकाशित छ । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत ‘सङ्क्रमणमा तनावको व्यवस्थापन’ शीर्षकमा करुणा कुँवरको आलेख तथा चर्चित हास्यकलाकार पल्पसा डङ्गोल ‘चम्सुरी’ र अभिनेतृ रेविका गुरुङको जीवनशैलीबारे भोलानाथ अधिकारीका सामग्री प्रकाशित छन् ।

सातौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत प्रा.डा. दिनेश बाँस्तोलाको ‘यौनमा पेशाको प्रभाव’ र मनोविद् गोपाल ढकालको ‘विवाहअघि जोडी छान्ने तरिका’ शीर्षकका रोचक आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘मुमताज महल अर्थात् ताजमहल’ शीर्षकमा डा. डीबी सुनुवारको यात्रावर्णन समेत प्रकाशित छ ।

अर्जुन–दुर्गाको जोडीसँगै आठौं अङ्क

सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको ‘कभर कभरेज’ मा होलिस्टिकको आठौं अङ्क प्रकाशित छ । यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. शेरबहादुर पुनको ‘विन्टर डाइरियाले हिउँदमा हैरान’ र डा. डीबी सुनुवारको ‘शरीर मजबुत बनाउने एन्जेलिका’ शीर्षक आलेख तथा ‘कोटका शौखिन डाक्टर जसवन’ शीर्षकमा प्लास्टिक सर्जन डा. जसवन शाक्यको जीवनशैली प्रकाशित छन् । ‘नेचर’ स्तम्भअन्तर्गत सङ्गीतकार राजनराज शिवाकोटीसँगको कला–वार्ता, गायिका तथा मोडल सरिता कार्कीको नालीबेली र लालुपाते फूलबारे परिचर्चा प्रकाशित छन् ।

यस अङ्कको ‘पोषण/परिकार’ स्तम्भअन्तर्गत भूपाल बानियाँको ‘कोभिड– १९ र सन्तुलित खानपान’ शीर्षक आलेख तथा साँधेको भोगटे, अण्डा स्याण्डविच, जिन्जर टी र चिकेन करीजस्ता परिकार बनाउने तरिका प्रकाशित छन् । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत ‘पहुँचवालामा मात्र नपुगोस् कोरोनाको खोप’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्याल र ‘स्वास्थ्यकर्मीको सुरक्षा गरौं’ शीर्षकमा प्रा.डा. सुनिलकुमार जोशी र पायल्सको उपचारमा लेजरथेरापी’ शीर्षकमा डा. सुशीला वैद्यको आलेख तथा नर्सहरू पार्वती चौधरी र रविना थापाको खानपान एवम् अनुभूति प्रकाशित छन् ।

आठौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत प्रा.डा. दिनेश बाँस्तोलाको ‘भट्टीमा सवारीचालकको यौनकर्म’ र मनोविद् गोपाल ढकालको ‘मनमा भूकम्प, शरीरमा कम्पन’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा डा. डीबी सुनुवारको ‘लाइट हाउस अफ अलेक्जेन्ड्रिया’ शीर्षक यात्रा अनुभूति समेत प्रकाशित छ ।

नवौं अङ्क: तेक्वान्दो जोडीसँगै दोस्रो वर्ष

कोरोना कहरबीच होलिस्टिक मासिकले आठौं अङ्कका साथ पहिलो वर्ष पूरा गर्‍यो । प्रकाशन–यात्राको नवौं अङ्कका रूपमा जनवरी, २०२१ मा दोस्रो वर्षको पहिलो अङ्क प्रकाशित भयो । तोक्वान्दो जोडी दिपक विष्ट र आयशा शाक्यमा यो अङ्कको कभर स्टोरी प्रकाशित छ ।

नवौं अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. शेरबहादुर पुनको ‘जाडोमा जोगिऔं निमोनियाबाट’ र अनिता सुनुवारको ‘सजिलो व्यायाम, चटक्क गाला’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा मनोचिकित्सक सरोजप्रसाद वझाको जीवनशैली र ड्रेस सेन्स तथा बाउन्सर लेडी निमा तामाङको प्रोफाइल स्टोरी समेत समेटिएका छन् । ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘गानोदर्माको कमाल’ र शङ्कर क्षेत्रीको ‘श्रृङ्गारमा झिलिमिलि कार्नेसन’ शीर्षक आलेख प्रकाशित छन् ।

यस अङ्कको ‘पोषण/परिकार’ स्तम्भअन्तर्गत जापनिज मिसो सुप, थ्याङ्क्स गिभिङ टर्की, लप्सीको अचार र मासको खिचडी बनाउने तरिका र सङ्गीतकार वसन्त सापकोटाको खानपानशैली प्रकाशित छन् । ‘जनस्वास्थ्य’ स्तम्भमा एरोविक्सप्रेमी अभिनेतृ कसिस दाहाल र नर्स सिर्जना पुलामी मगरको जीवनशैली र स्वस्थ जीवनका अनुभूति समावेश छन् । यसै स्तम्भमा ‘जनस्वास्थ्य: कानुनी प्रत्याभूति, जनताको अनुभूति’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्यालको आलेख र ‘तनाव व्यवस्थापनको गन्तव्य’ का रूपमा स्पाको चर्चा समेतका सामग्री समेटिएका छन् ।

दोस्रो वर्षको पहिलो यस अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भमा प्रा.डा. दिनेश बाँस्तोलाको ‘मृत्युको अन्तिम घडीमा’ र मनोविद् गोपाल ढकालको ‘आफैंलाई शक्तिशाली ठान्ने उन्माद’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘लिनिङ टावर अफ पिसा’ शीर्षकमा डा. डीबी सुनुवारको इटाली भ्रमणको वर्णन समेत समावेश छ ।

दसौं अङ्कः अभिनेतृ रेखासँगै…

होलिस्टिकको दोस्रो वर्षको दोस्रो अङ्क अर्थात् दसौं अङ्क चर्चित अभिनेतृ रेखा थापाको कभर स्टोरीका साथ प्रकाशित छ । यस अङ्कको ‘जीवनशैली’ स्तम्भअन्तर्गत ‘बर्डफ्लु सचेतना: चराले पो सारे कि’ शीर्षकमा डा. शेरबहादुर पुनको आलेख तथा ‘सुहाउँदा पोसाकमा सजिने चिकित्सक’ शीर्षकमा चर्म तथा छालारोग विशेषज्ञ डा. अनुपमा कार्की (कुँवर) सँगको पोशाक–वार्ता, ‘क्यारिकेचर किङ’ राजाराजेन्द्र पोखरेलसँगको जीवनशैली–वार्ता र गायिका सीता केसीको नालीबेली प्रकाशित छन् ।

यस अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘एलोभेरा : आधुनिक उपचारको सहयात्री’, कृष्णप्रसाद भुसालको ‘जोडी फेर्ने चरी’ र अनिता सुनुवारको ‘लाभदायक वनस्पति: सामान्य जानकारी’ शीर्षकका आलेख एवम् ‘सुन्दर गुलाफ, शान्त मन’ शीर्षकको रिपोर्टिङजस्ता सामग्री प्रकाशित छन् । ‘पोषण/परिकार’ स्तम्भमा चिकेन छोयला, भेज कार्बोनारा पास्ता, शाही पनीर र आलु–तामा बनाउने तरिका प्रकाशित छ । ‘जनस्वास्थ्य’ स्तम्भमा ‘सम्मान, स्वतन्त्रता, विवाह र परिवारः कानुनी नजर’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्याल र ‘स्पा विजनेसका चुनौती र सुझावहरू’ शीर्षकमा रिना श्रेष्ठका आलेख प्रकाशित छन् । यसै स्तम्भमा अभिनेता भोलाराज सापकोटासँगको स्वास्थ्य–संवाद र नर्सहरू शोभा पुरी र सञ्जु कोइरालाका अनुभूति समेत समेटिएका छन् ।

दसौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भमा ‘मनको आँखाले देख्ने पवनको कथा’ शीर्षकमा शङ्कर क्षेत्रीको प्रस्तुति, ‘विवाहअघि जोडीको परीक्षण’ शीर्षकमा प्रा.डा. दिनेश बाँस्तोला र ‘नमस्कार, गुड, अङ्कमाल कि चुम्बन’ शीर्षकमा मनोविद् गोपाल ढकालको आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘समुद्रको बीचमा तैरँदाको आनन्द’ शीर्षकमा डा. डीबी सुनुवारको जोर्डन भ्रमणका स्मृति समेत समेटिएको छ ।

एघारौं श्रृङ्खलामा महिला एक्सन डाइरेक्टर

होलिस्टिक प्रकाशन–यात्राको एघारौं श्रृङ्खलाको कभर कभरेज महिला एक्सन डाइरेक्टरमा केन्द्रित छ । नेपाली सिनेजगत्मा द्वन्द्व निर्देशकका रूपमा कार्यरत युवती किरण दाहालको कभर स्टोरीसहित यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. शेरबहादुर पुनको ‘कोरोनाविरुद्धको खोप: मिथ्या र तथ्य’ शीर्षक आलेख प्रकाशित छ । यसै स्तम्भमा शङ्कर क्षेत्रीको प्रस्तुतिमा चर्चित डाक्टर भोला रिजालको सम्पूर्ण जीवनशैली तथा गायिका श्रीदेवी देवकोटा र हास्यकलाकार उत्तम केसीका जीवनशैली–अनुभूति प्रकाशित छन् ।

एघारौं अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘प्राण व्यायामको ऊर्जा’, कृष्णप्रसाद भुसालको ‘कागलाई पनि ठग्ने कोइली’ र अनिता सुनुवारको ‘सुन्दरताले धपक्कै क्यामेलिया फूल’ शीर्षकका आलेख प्रकाशित छन् । ‘पोषण/परिकार’ स्तम्भमा बटर चिकेन, कुल्फी र प्यान केक बनाउने तरिका प्रकाशित छ । ‘जनस्वास्थ्य’ स्तम्भमा नर्स रश्मि गुरुङको अनुभूति तथा ‘मस्तिष्क मृत्यु घोषणा: कानुनी व्यवस्था’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्याल एवम् ‘स्वस्थ खानपान र खाद्य पदार्थको स्वच्छता’ शीर्षकमा डा. ईश्वर सुवेदीको आलेख र कोरोनाविरुद्धको खोप अभियानसम्बन्धी फोटोकथा प्रकाशित छन् ।

यस अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भमा ‘बाँझोपन, गर्भधारण र निषेचन’ शीर्षकमा प्रा.डा. दिनेश बाँस्तोला र ‘अङ्ग प्रदर्शनको के हो मनोविज्ञान’ शीर्षकमा मनोविद् गोपाल ढकालको आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘सिङ्गापुरलाई सलाम’ शीर्षकमा डा. डीबी सुनुवारको भ्रमण अनुभूति समेत प्रकाशित छ ।

बाह्रौं अङ्क : उषा खड्गीदेखि बेथलेहमसम्म

पूर्व ‘मिस नेपाल’, अभिनेतृ एवम् उद्यमी उषा खड्गीको कभर स्टोरीका साथ होलिस्टिकको बाह्रौं अङ्क प्रकाशित छ । ‘मोतीजस्तै मोतीराम’ शीर्षकमा केदारनाथ गौतमको ‘रोचक÷प्रेरक’ सामग्री प्रकाशित यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा ‘नयाँ कोरोना र खोपको प्रभावकारिता’ शीर्षकमा डा. शेरबहादुर पुनको आलेख तथा भोलानाथ अधिकारीको प्रस्तुतिमा गायक पदम राई र अभिनेतृ नीता ढुङ्गानाको जीवनशैली–कथा प्रकाशित छन् ।

यस अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘तन–मन सक्रिय राख्ने कुर्कुमिन’, कृष्णप्रसाद भुसालको ‘जटायु रेस्टुरेन्ट : एक पटक पुग्ने कि’, अनिता सुनुवारको ‘घरभित्रै ढकमक्क फुल्ने फूल’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा कुरिलो र ऐंसेलुजस्ता गुणकारी वनस्पतिको महिमा समेत समावेश छ । यसै अङ्कको ‘पोषण/परिकार’ स्तम्भमा ग्रील्ड चिज स्यान्डविच, बेक्ड चिकेन ड्रमस्टिक र मिक्स्ड भेज ब्वाइलजस्ता परिकार बनाउने तरिका पनि उल्लेख छ । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत ‘के हो अकुलर माइग्रेन’ शीर्षकमा डा. प्रगति गौतम र ‘कानुन: कसले, कति पाउँछन् अङ्श’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्यालका आलेख प्रकाशित छन् । यसै स्तम्भमा अभिनेता सविन श्रेष्ठको स्वास्थ्य–अनुभूति तथा नर्स मनिता लिम्बूको पेशा–अनुभव समेत समावेश छन् ।

बाह्रौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत ‘बीर्यमा किन हुन्छ गतिशीलता’ शीर्षकमा प्रा.डा. दिनेश बाँस्तोला र ‘धामी–झाँक्री: कति सत्य, कति भ्रम’ शीर्षकमा मनोविद् गोपाल ढकालका आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘बेथलेहम : जहाँ जिसस जन्मे…’ शीर्षकमा डा. डीबी सुनुवारको इजरायल भ्रमण–डायरी समेत समावेश छ ।

तेह्रौं अङ्क: रचना रिमालदेखि मनिलाको समुद्रसम्म

चर्चित गायिकाका रूपमा स्थापित हुँदै गरेकी नवयुवती रचना रिमालको कभर स्टोरीका साथ होलिस्टिकको तेह्रौं अङ्क प्रकाशित छ । कम्प्युटर, मोबाइल र आईसीटीका सम्बन्धमा केदारनाथ गौतमको ‘रोचक/प्रेरक’ सामग्रीका साथ यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा ‘बढ्दै छ सङ्क्रमण: जोगाऔं बालबालिका’ शीर्षकमा डा. शेरबहादुर पुनको आलेख र अभिनेता सितल केसीको जीवनशैली तथा कोरोना सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीसम्बन्धी रिपोर्टिङ प्रकाशित छन् ।

यस अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको पुस्तक अङ्श ‘चामत्कारिक पञ्च–तत्व’, कृष्णप्रसाद भुसालको ‘हामीले चिन्न नसकेका प्राकृति सम्पदा’ र अनिता सुनुवारको ‘मनमोहक एजेलिया फूल’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा अमृतमय वनस्पतिहरू काफल र अलैंची अर्थात् ठूलो सुकुमेलको महिमा समेत समाविष्ट छ । ‘पोषण÷परिकार’ स्तम्भमा स्रेडेड चिकेन विथ वेलपेपर, कोकोनट म्याकारुन्स र मिन्ट एन्ड म्याङ्गो आइस्ड ग्रीन टीजस्ता परिकार बनाउने तरिका पनि समेटिएको छ । ‘जनस्वास्थ्य’ स्तम्भमा ‘कोरोना सङ्क्रमणका बेला फोक्सो जोगाउने काइदा’ शीर्षकमा डा. डीबी सुनुवार र ‘स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुनी व्यवस्था’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्यालका आलेख प्रकाशित छन् । यसै स्तम्भमा नर्स सङ्गीता रावलको खानपान र नर्सिङ अनुभूति समेत समावेश छ ।

तेह्रौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत ‘कोरोना महामारी र यौनकर्ममा सजगता’ शीर्षकमा प्रा.डा. दिनेश बाँस्तोला र ‘महामारीका बेला प्राथमिक मनोवैज्ञानिक सहयोग’ शीर्षकमा गोपाल ढकालका आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘मनिलाको समुद्री तटमा भ्यागुतोझैं पछारिँदा’ शीर्षकमा डा. डीबी सुनुवारको यात्रा–वृत्तान्त समेत प्रकाशित छ ।

चौधौं अङ्क: शिलाबहादुर–कुन्तीसँगसँगै

चर्चित एवम् स्थापित सङ्गीतकार शिलाबहादुर मोक्तान र ‘भोकल क्वीन’ कुन्ती मोक्तानको कभर स्टोरीका साथ होलिस्टिकको चौधौं अङ्क प्रकाशित छ । ‘बहुआयामिक विश्वेश्वरको साहित्यिक व्यक्तित्व’ शीर्षकमा केदारनाथ गौतमको ‘रोचक÷प्रेरक’ सामग्रीसहित यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा ‘पोस्ट कोभिडले हैरान: न जोस न त जाँगर’ शीर्षकमा डा. शेरबहादुर पुन र ‘कोरोना सङ्क्रमण जित्ने पाँच टेक्निक’ शीर्षकमा आशिष सुनुवारका आलेख प्रकाशित छन् । यसै स्तम्भमा चर्चित कलाकार महादेव त्रिपाठीको जीवनशैली समेत समेटिएको छ ।

यस अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत कृष्णप्रसाद भुसालको ‘वन्यजन्तुको जोडीबीच प्रेम र समर्पण’ तथा अनिता सुनुवारको ‘सदाबहार जेरानियम फूल’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा निउरो, तितेपाती र ड्र्यागन फलजस्ता गुनिला र लाभकारी वनस्पतिको महिमा समेत समेटिएको छ । ‘पोषण/परिकार’ स्तम्भअन्तर्गत चक्लेट मउस्स, चिकेन इन–स्वीट लेमन सस र पनीर कट्टी रोलजस्ता परिकार बनाउने तरिका प्रकाशित छ । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत अधिवक्ता लक्ष्मण बस्यालको ‘के हो स्वास्थ्य सङ्कटकाल’ र डा. डीबी सुनुवारको ‘सुपर फुड स्पिरुलिना’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा नर्स सलोनी आले मगरको नर्सिङ अनुभूति समेत समावेश छ ।

चौधौं अङ्कको ‘सम्बन्ध÷यात्राशैली’ स्तम्भमा प्रा.डा. दिनेश बाँस्तोलाको ‘जोडीबीच उमेर अन्तर र यौनक्रिया’ तथा गोपाल ढकालको ‘कसैले किन फैलाउँछ अफवाह’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘रमाइलो ल्हासाको रोमाञ्चक यात्रा’ शीर्षकमा डा. डीबी सुनुवारको चीन यात्रा–वृत्तान्त प्रकाशित छ ।

पन्ध्रौं अङ्क: डाक्टर दम्पतीदेखि स्विडेनको सुन्दरतासम्म

नेपालमा दुर्लभ र अनौठो विधा मानिने आनुवाङ्शिक रोग विशेषज्ञ डा. नीलम ठाकुर तथा न्युरो वैज्ञानिक डा. अजयजङ्ग कुँवर दम्पतीको कभर स्टोरीका साथ होलिस्टिकको पन्ध्रौं अङ्क प्रकाशित छ । सुप्रसिद्ध जनगायक जेबी टुहुरेबारे केदारनाथ गौतमको ‘रोचक/प्रेरक’ सामग्रीसहित प्रकाशित यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. शेरबहादुर पुनको ‘मौसम परिवर्तनसँगै फ्लुको जोखिम’ शीर्षक आलेख र चर्चित अभिनेतृ सञ्चिता लुइँटेलसँगको जीवनशैली संवाद प्रकाशित छन् ।

यस अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत ‘स्वच्छ पानी: गुणस्तरीय जीवनको आधार’ शीर्षकमा कृष्णप्रसाद भुसाल र ‘वर्षामा ढकमक्क फुल्ने चित्ताकर्षक जिनिया’ शीर्षकमा अनिता सुनुवारका आलेख प्रकाशित छन् । ‘पोषण/परिकार’ स्तम्भमा आरबी बुढाथोकीको प्रस्तुतिसहित याङ बिन फाक्सा र बँदेल डामेकोजस्ता परिकार बनाउने तरिका एवम् ‘घिउ–तेलजन्य चिल्लो पदार्थको स्वच्छता शीर्षकमा डा. ईश्वर सुवेदीको आलेख प्रकाशित छन् । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘असल उत्पादन अभ्यास अर्थात् जीएमपी’ सम्बन्धी आलेख तथा भोलानाथ अधिकारीको प्रस्तुतिमा गायक सरोज लामिछानेको स्वास्थ्यशैली ‘गाला सुन्दर बनाउने प्राकृतिक व्यायाम’ शीर्षकमा रिपोर्टिङ र नर्स कामना न्यौपानेको नर्सिङ अनुभूति प्रकाशित छन् ।

पन्ध्रौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत प्रा.डा. दिनेश बाँस्तोलाको ‘रजश्वला : धार्मिक–सामाजिक बन्देज र व्यवस्थापन’ तथा गोपाल ढकालको ‘अफवाह र यथार्थ: आत्महत्या कति बढ्यो कोरोना सङ्कटपछि’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा ‘सुन्दर स्विडेनको भ्रमणले सिकाएको शिक्षा’ शीर्षकमा डा. डीबी सुनुवारको भ्रमण–सौन्दर्य प्रकाशित छ ।

‘छुल्ठिमको छवि’ सँगै सोह्रौं अङ्क

चर्चित अभिनेतृ एवम् सञ्चारकर्मी छुल्ठिम गुरुङको कभर स्टोरीसहित होलिस्टिकको सोह्रौं अङ्क प्रकाशित छ । विश्वचर्चित ‘तानाशाह’ हिटलरसम्बन्धी केदारनाथ गौतमको ‘रोचक/प्रेरक’ सामग्रीका साथ प्रस्तुत यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. शेरबहादुर पुनको ‘निपा भाइरस: घातक सङ्क्रामक रोग’ शीर्षकको आलेख प्रकाशित छ । ‘नेचर’ स्तम्भमा डा. डीबी सुनुवारको ‘गुणकारी नोनी: स्वाद टर्रो, हर्रो न बर्रो’, कृष्णप्रसाद भुसालको ‘प्राकृतिक पाठशाला: रानीबारी वन’ र अनिता सुनुवारको ‘सयपत्री: स्वस्थ बिरुवा, सुन्दर फूल’ शीर्षकका आलेख प्रकाशित छन् ।

यस अङ्कको ‘पोषण/परिकार’ स्तम्भमा आरबी बुढाथोकीको प्रस्तुतिसहित खसीको कटिया, बुङ्गोको अचार र रिल्दुकजस्ता परिकार बनाउने विधि प्रकाशित छ । ‘जनस्वास्थ्य’ स्तम्भमा ‘पति–पत्नीबीच सम्बन्ध–विच्छेदका आयाम’ शीर्षकमा अधिवक्ता लक्ष्मण बस्यालको आलेख र भोलानाथ अधिकारीको प्रस्तुतिमा कलाकार एवम् रेडियोकर्मी सङ्गम भण्डारीको जीवनशैली/स्वास्थ्यशैलीजस्ता सामग्री प्रकाशित छन् ।

सोह्रौं अङ्कको ‘सम्बन्ध÷यात्राशैली’ स्तम्भमा प्रा.डा. दिनेश बाँस्तोलाको ‘गर्भधारणमा समस्या : जान्नैपर्ने केही कुरा’ र गोपाल ढकालको ‘तनावका बेला किन पुग्छ अनुहारमा हात’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा डा. डीबी सुनुवारको ‘ग्यान्तिङ हाइल्याण्ड चुम्दाको अद्वितीय अनुभूति’ शीर्षकको यात्रा–वृत्तान्त समेत समावेश छ ।

उदय–मनिलासँगको सत्रौं अङ्क

Udaya-manilaचर्चित एवम् स्थापित गायक–गायिका उदय–मनिला सोताङको कभर स्टोरीका साथ होलिस्टिकको सत्रौं अङ्क प्रकाशित छ । ‘सहिद गङ्गालालको अन्तिम दिन’ शीर्षकमा सहिद गङ्गालाल श्रेष्ठकै कान्छा भाइ विजयलाल श्रेष्ठको संस्मरणात्मक ‘रोचकर/प्रेरक’ सामग्रीका साथ यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. शेरबहादुर पुनको ‘गुमनाम रोग लाइम डिजिज’ शीर्षक आलेख प्रकाशित छ । यसै स्तम्भमा भोलानाथ अधिकारीको प्रस्तुतिसहित अभिनेता सञ्जित भण्डारीको जीवनशैली–वृत्तान्त समेत प्रकाशित छ ।

यस अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘जी. माइसेलियुम: पानीमा जरा, शरीरलाई लाभ’, अनिता सुनुवारको ‘गोदावरी फूलको मनमोहक सौन्दर्य’ र कृष्णप्रसाद भुसालको ‘भुङ्ग्रोमा पोलिँदै पृथ्वी: जलवायु परिवर्तनका दुष्परिणाम’ शीर्षकका आलेख प्रकाशित छन् । ‘पोषण/परिकार’ स्तम्भमा आरबी बुढाथोकीको प्रस्तुतिसहित चना–च्याउ बर्गर, ब्रोकाउली एस्परागस सुप, मिक्स भेज खिचडी र टुना टमेटा पास्ता बनाउने तरिका प्रकाशित छ । यसै स्तम्भमा डा. ईश्वर सुवेदीको ‘खानपान अनुशासन: स्वस्थ जीवन’ शीर्षक आलेख पनि समावेश छ । ‘जनस्वास्थ्य’ स्तम्भमा अधिवक्ता लक्ष्मण बस्यालको ‘धर्मपुत्र–धर्मपुत्री: यस्तो छ कानुनी व्यवस्था’ शीर्षकको आलेख तथा सागर दाहालको प्रस्तुतिमा नर्स आस्था निरौलाको नर्सिङ अनुभूति प्रकाशित छ ।

सत्रौं अङ्कको ‘सम्बन्ध÷यात्राशैली’ स्तम्भअन्तर्गत प्रा.डा. दिनेश बाँस्तोलाको ‘उत्सव, मौसम र यौन’ तथा गोपाल ढकालको ‘ओझेलमा मानसिक स्वास्थ्य’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा डा. डीबी सुनुवारको ‘भ्रमणशैली: काका होचिमिन्ह’ शीर्षक यात्रा डायरी समेत समावेश छ ।

‘आइडिया मास्टर’ महावीरसँगै अठारौं अङ्क

होलिस्टिक मासिकको दोस्रो वर्ष पूरा गराउँदै तेस्रो वर्षका लागि ढोका खोलिदिने अङ्क हो– अठारौं अङ्क । ‘आइडिया मास्टर’ महावीर पुनको कभर स्टोरीसहित अठारौं अङ्क प्रकाशित छ । केदारनाथ गौतमद्वारा लिखित हालै निधन भएका विश्वचर्चित कम्युनिस्ट नेता गोञ्जालोको जीवनवृत्तसम्बन्धी ‘रोचक÷प्रेरक’ सामग्रीसाथ प्रस्तुत यस अङ्कको ‘जीवनशैली’ स्तम्भमा डा. शेरबहादुर पुनको ‘जिकाबाट जोगिऔं’ शीर्षकको आलेख प्रकाशित छ । यसै स्तम्भमा भोलानाथ अधिकारीको प्रस्तुतिसहित ‘नेपाली साकिरा’ का नामले चर्चित गायिका इन्दिरा जोशीको जीवनशैली समेत समावेश छ ।

यस अङ्कको ‘नेचर’ स्तम्भअन्तर्गत डा. डीबी सुनुवारको ‘लाभकारी ग्लुकोसमाइन’, कृष्णप्रसाद भुसालको ‘सगरमाथामाथि उड्ने खोयाहाँस’ र अनिता सुनुवारको ‘चिसोमा फुल्ने सुन्दर फूलको न्यानोपन’ शीर्षकका आलेख प्रकाशित छन् । ‘पोषण/परिकार’ स्तम्भमा आरबी बुढाथोकीको प्रस्तुतिमा चिकन अचार, टर्कीको छोइला (नेवारी शैलीको) र हेल्दी इम्युन जुसजस्ता परिकार बनाउने तरिका प्रकाशित छ । ‘जनस्वास्थ्य’ स्तम्भअन्तर्गत अधिवक्ता लक्ष्मण बस्यालको ‘सबै बालबालिकाले पाएका छन् त आधारभूत शिक्षा’ शीर्षक आलेख र राजेश हमाललाई नचाउने कोरियोग्राफर देवेन्द्र पाण्डेको स्वास्थ्यशैली प्रकाशित छन् ।Mahabir_Pun

अठारौं अङ्कको ‘सम्बन्ध/यात्राशैली’ स्तम्भअन्तर्गत प्रा.डा. दिनेश बाँस्तोलाको ‘स्वप्न–स्खलनको स्मरण’ र गोपाल ढकालको ‘रुनुका पनि यस्ता छन् फाइदा’ शीर्षकका आलेख प्रकाशित छन् । यसै स्तम्भमा डा. डीबी सुनुवारको ‘पानीमाथिको सहर, भेनिस घुम्ने रहर’ शीर्षक यात्रा–संस्मरण समेत समावेश छ । होलिस्टिक मासिकले सोह्रौं अङ्कदेखि ‘कर्पोरेट’ नामक नयाँ स्तम्भमा उद्योग–व्यवसायसम्बन्धी समाचार समेत नियमित प्रकाशित गर्दै आइरहेको छ ।