लाभकारी ग्लुकोसमाइन
डा. डीबी सुनुवारमानिसको उमेर बढ्दै जाँदा ढाड, कम्मर, कुइँनो तथा पाता, घुँडा दुख्नेजस्ता समस्याले गाँज्दै जाने गरेको पाइन्छ । पाको उमेरमा मात्र होइन, जवान व्यक्तिमा पनि यस्ता समस्या बढ्दो क्रममा देखा पर्न थालेको छ ।
यी र यस्ता समस्या भइसकेपछि बच्नका लागि उपचारका उपाय खोज्नुभन्दा समस्या निम्तन नै नदिनुचाहिँ बुद्धिमत्तापूर्ण हुन्छ । यस्ता समस्या निम्तन नदिने के–कस्ता उपाय छन् त ? सर्वत्र जिज्ञासाको विषय हुन सक्दछ ।
हाडजोर्नी तथा नसासम्बन्धी समस्या निम्तन नदिने विभिन्न उपायहरूमध्ये एउटा प्रभावकारी उपाय हो– ग्लुकोसमाइनको उपयोग । ग्लुकोसमाइन एक किसिमको सामुद्रिक मिनरलयुक्त तत्व हो । यसलाई समुद्रबाट छानेर निकालिन्छ । त्यसपछि यसमा प्राकृतिक रूपमै भएका लाभदायक तत्वहरू नास नहुने गरी प्रशोधन गरिन्छ ।
प्रशोधन गरेर तयार पारिएको ग्लुकोसमाइन हेर्दा सेतो रङ्गको धुलोजस्तो देखिन्छ । यो धुलोलाई विभिन्न किसिमले सेवन गर्न सकिन्छ । धुलोलाई सिधै पनि खान सकिन्छ र पानीमा फिटेर जुसजसरी खानु समेत राम्रै हुन्छ । यसलाई क्याप्सुलका रूपमा तयार पारेर पनि सेवन गर्न सकिन्छ ।
प्राकृतिकरूपमा उपलब्ध हुने ग्लुकोसमाइन प्रकृतिको वरदान नै हो । जुनसुकै मौसममा पनि समुद्रमा ग्लुकोसमाइन पाइन्छ । यो सामुद्रिक जीवकोषमा पाइने एक प्रकारको लाभदायक तत्व हो ।
ग्लुकोसमाइन पहिलो पटक जर्ज लेडरहोसले सन् १८७६ मा पहिचान गरेको तथ्य पाइन्छ । प्राकृतिक रुपमा ग्लुकोसमाइन तिन रुपमा उपलब्ध हुन्छ: ग्लुकोसमाइन–एचसीएल, ग्लुकोसमाइन–सल्फेट, र एन एसिटायल–ग्लुकोसमाइन ।
तत्व एक, लाभ अनेक
ग्लुकोसमाइनको नियमित प्रयोगले हार्डजोर्नीको समस्या निम्तन दिँदैन । हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएमा समाधानका समेत यो तत्व उत्तिकै उपयोगी हुन्छ ।
विभिन्न कारणले हार्डजोर्नी खिएको अवस्थामा समेत यसको प्रयोग गर्दा पूर्ववत (सामान्य) अवस्थामा फर्काउन सघाउ पुग्छ । यसले पक्षाघात हुनबाट पनि बचाउँछ र खिइएको हाडजोर्नी पुनः निर्मित हुन समेत मद्धत पुर्याउँछ ।
त्यसैगरी, युरिक एसिड, बाथजस्ता समस्या समाधानका लागि पनि ग्लुकोसमाइनको प्रयोग निकै लाभदायक हुन्छ । सुगरको समस्या भएको खण्डमा सुगर नियन्त्रणका लागि पनि यो लाभदायक हुन्छ । ग्लुकोसमाइनको नियमित सेवन गर्दा सुगर हुनै नदिन पनि मद्धत मिल्छ ।
यसको नियमित सेवनले छालासम्बन्धी समस्या हुन पाउँदैन । यसले एन्टिएजिङको समेत काम गर्छ । ढाड र कम्मर दुखेको अवस्थामा पनि यो निकै लाभदायक हुन्छ । ग्लुकोसमाइनको नियमित सेवनले रगत सफा गर्न मद्धत मिल्छ । यसले रगतमा भएका विकार तत्व फाल्न मद्धत गर्छ, जसको फलस्वरूप शरीरमा रक्त–प्रवाह सामान्य अवस्थामा रहन्छ । रक्त–प्रवाह सामान्य अवस्थामा रहेको खण्डमा रक्तचाप तथा मुटुको समस्या कम हुन मद्धत मिल्छ ।
त्यसकारण भन्न सकिन्छ कि यसको नियमित सेवनले हृदयाघातको जोखिम कम गर्न सकिन्छ । शरीरिक मात्र नभई मानसिक सन्तुलनका लागि पनि ग्लुकोसमाइन निकै लाभदायक हुन्छ । यसको नियमित सेवनले मानसिकरूपमा निम्तने तनाव, निरासाजस्ता समस्या समाधन गर्न निकै नै मद्धत पुग्छ । ग्लुकोसमाइनको सेवन नियमितले मानसिक विकार निम्तन पाउँदैन । यसर्थ, यो शारीरिक मात्र नभई मानसिक स्वास्थ्यका लागि समेत निकै लाभदायक हुन्छ ।
ग्लुकोसमाइन नियमित खानाले छाला तथा शरीरका कोषिका लचिलो हुन मद्धत मिल्छ । हाडजोर्नीमा भएका लिगामेन्ट तथा कार्टिलेज कमजोर भएर वा च्यातिएर हाडजोर्नीको समस्या हुन्छ । कुनै चोटपटक लागेर पनि हाडजोर्नीको समस्या हुन सक्छ । यस्ता समस्या हुँदा हाडजोर्नीमा भएको चिल्लो पदार्थ (फ्लुइड) कम हुन्छ, जसले गर्दा हाडजोर्नी चलाउँदा घर्षण बढ्छ । यसरी घर्षण बढ्दा कार्टिलेज र लिगामेन्ट च्यातिने तथा फुट्ने समस्या हुन्छ । र, दुखाई बढ्नुका साथै हाडजोर्नीमा समस्या उत्पन्न हुन्छ । यस्तो समस्यालाई सामान्य भाषामा ‘हड्डी खिइएको’ भनिन्छ ।
ग्लुकोसमाइनको अभावमा कसलाई बढी समस्या ?
बालबालिका तथा वयस्क व्यक्तिको तुलनामा उमेर ढल्कँदै जाँदा हाडजोर्नीमा कार्टिलेज लचिलो हुन छाड्दै जान्छ । चिल्लो पदार्थ अर्थात् फ्लुइड पनि कम हुँदै जान्छ । त्यसैले पाको उमेरमा हाडजोर्नी दुख्ने, सुन्निने, पोल्ने, घोच्ने, रातो हुनेजस्ता समस्या बढ्दै जाने सम्भावना बढी हुन्छ ।
यस्ता समस्या निम्तँदा ‘अस्टियो अथ्राइटिस’ लगायतका समस्या निम्तने जोखिम बढी नै हुन्छ । यस्ता समस्या निम्तन नदिनका लागि पाको उमेरका व्यक्तिले ग्लुकोसमाइनको नियमित सेवन गर्नु लाभदायक हुन्छ ।
पाको उमेरमा यस्ता समस्या निम्तन नदिनका लागि वयस्क अवस्थामा नै ग्लुकोसमाइन सेवन गर्नु लाभदायक हुन्छ । यसो गर्दा पाको उमेरमा हाडजोर्नीसम्बन्धी समस्या निम्तने सम्भावना कम हुन्छ ।