यसरी बनाउनोस् यी परिकार

होलिस्टिक संवाददाता

आलु चोखा

आवश्यक सामग्री

आलु– ९ वटा (स–साना, लगभग २ इन्च लामा), सुकेको रातो खुर्सानी– एउटा (ज्यादा पिरो खाना मनपर्छ भने खुर्सानीको मात्रा थप्न सकिन्छ), तोरीको तेल– २ चम्चा, लसुन– ३ केश्रा, टिमुर– एक चिम्टी, नुन– आधा (सानो) चम्चा ।

बनाउने तरिका

एक मोर्टारमा, रातो खुर्सानी, लसुन, ल्वाङ, टिमुर सँगै राखेर मसिनो नभएसम्म पिस्ने । त्यसपछि आलुलाई लगभग १०–१५ मिनेट वा नरम नभएसम्म उमाल्ने । अब आलुलाई तातो पानीबाट निकाल्ने र लगभग १०–१५ मिनेटसम्म सेलाउन छाड्ने ।

आलु चिसो भएपछि बोक्रा निकाल्ने । त्यसपछि आलुलाई हातले म्यास गर्ने । तोरीको तेल र माथि उल्लेख गरिएवमोजिम तयार पारिएको मसला थप्ने । चिसो भएपछि यसलाई यत्तिकै वा कुनै खाने कुराको साइड डिसका रूपमा खान सकिन्छ ।

तिब्बेतियन सुप

आवश्यक सामग्री

दाल– डेढ कप (सुकेको, राम्रोसँग पखालेको), पानी– ६ कप, तेल– १ (ठूलो) चम्चा (सूर्यमुखीको भए राम्रो, नभए अरु पनि प्रयोग गर्न सकिन्छ), प्याज– डेढ कप (काटेको), लसुन– २ केश्रा (मसिनो गरी काटेको), ताजा खुर्सानी– एउटा, गाजर– एउटा (छिलिएको र काटिएको), आलु– एउटा (मध्यम आकारको, काटेको), धनिया– २ चम्चा (पिसेको), गोलभेंडा– ३ कप (काटेको), ताजा धनिया– १ चम्चा (काटेको), नुन– डेढ चम्चा, जिरा– २ चम्चा ।

बनाउने तरिका

दाल र पानीलाई उमाल्ने, त्यसपछि ताप घटाएर छोप्ने र कोमल नभएसम्म (लगभग २० मिनेट) पकाउने । यसैबीच, तेल तताउने र प्याज, लसुन तथा खुर्सानीलाई करिव ५ मिनेटजति भुट्ने । अब गाजर, आलु, धनिया र जिरा थप्ने अनि करिव १ मिनेटजति पकाउने, भाँडामा टाँसिनबाट रोक्नका लागि बिस्तारै चलाउँदै पकाउने ।

अब यसलाई आगोबाट हटाएर अलग्गै राख्ने । दाल सेलाएपछि टमाटरलाई ठूलठुला टुक्रा पारी काट्ने र सबैलाई सुपको भाँडामा हाल्ने । सुप पटमा मसिनो गरी काटिएको धनिया, नुन र माथि उल्लेख गरिएअनुसार भुटेर तयार पारिएको तरकारी राख्ने । अब सबै तरकारीहरू नरम नभएसम्म (लगभग १०–१५ मिनेटजति) सुप पटलाई बिर्को लगाएर उमाल्ने । तिब्बेतेन सुप तयार भयो ।

अण्डा–सलाद स्यान्डविच

आवश्यक सामग्री

अण्डा– ६ वटा (उमालेको, म्यास गरेको), तोरीको दानाको पेस्ट– १ (ठूलो) चम्चा, मायो–३–४ (ठूलो) चम्चा, सेलेरी– ३ (ठूलो) चम्चा (मसिनो गरी काटिएको), प्याज– एउटा (सानो, मसिनो गरी काटिएको), हरियो खुर्सानी– २–३ वटा (मसिनो गरी काटिएको), नुन र मरिच– स्वादअनुसार, ब्राउन ब्रेड– १२ वटा (स्लाइस) ।

बनाउने तरिका

ब्रेडका स्लाइसहरूलाई हल्का टोस्ट गर्ने र अलग्गै राख्ने । त्यसपछि सलादका लागि माथि उल्लेखित सबै सामग्रीहरू मिलाउने र यसलाई टोस्टेड ब्रेडमा तह–तह परेर राख्ने । वैकल्पिक रूपमा माथिबाट चिजको टपिङ गर्न पनि सकिन्छ ।

मटन–आलु करी

आवश्यक सामग्री

मटन– १ किलो (क्युब आकारमा काटेको), आलु– २ वेटा (मध्यम आकारका, बोक्रा छोडाएर आधा पारेको, सानो आलु भने सिङ्गै प्रयोग गर्न पनि सकिन्छ), प्याज– २ वटा (मध्यम आकारका), लसुन– ६ केश्रा, अदुवा– १ इन्चको टुक्रा पारिएको, टमाटर– ३ वटा (मध्यम आकारका), मरिच– १ (सानो) चम्चा, ल्वाङ– आधा (सानो) चम्चा, जिरा– १ (सानो) चम्चा, मिट मसला– २ (ठूलो) चम्चा, गरम मसला– १ (सानो) चम्चा, बेसार– १ (सानो) चम्चा, रातो खुर्सानी–पाउडर, १ (सानो) चम्चा, नुन– स्वादअनुसार, तेल– ५ (ठूलो) चम्चा, धनिया– आधा कप (काटिएको) ।

बनाउने तरिका

प्याज, लसुन र अदुवाको पेस्ट बनाई अलग राख्ने । मरिच, ल्वाङ र जिरा मिसाएर खस्रो–खस्रो हुने गरी पिस्ने । त्यसपछि एक चम्चा तेल तताउने, १÷४ चम्चा जिरा र एक चुट्की बेसार हाली आलुलाई हल्का सुनौलो–खैरो नभएसम्म (करिव २ मिनेटजति) फ्राइ गर्ने । अब तिनीहरूलाई छुट्टाछुट्टै भाँडामा निकाल्ने ।

प्रेसर कुकरमा तेल तताउने, तेल तातो भएपछि त्यसमा खुर्सानीको धुलो हाल्ने । यसले तेललाई राम्रो रातो रङ्ग दिन्छ । अब यसमा प्याज, अदुवा र लसुनको पेस्ट थप्ने र २–३ मिनेटसम्म फ्राइ गर्ने । त्यसमा भुटेको मसला, मिट मसला, खुर्सानीको धूलो, बेसार र नुन हाल्ने अनि मसलाले तेल छाड्न सुरु नगरेसम्म (५ मिनेटजति) भुट्ने ।

अब यसमा मासुका टुक्राहरू थप्ने । मसला मासुका टुक्राहरूमा राम्ररी लेप नभएसम्म (३–४ मिनेटजति) फ्राइ गर्ने । अब त्यसमा काटिएको टमाटर र भुटेको आलु पनि थप्ने र करिव ३ मिनेटजति फ्राइ गर्ने । त्यसमा दुई कप मनतातो पानी थप्ने र मासु कोमल नहोउन्जेल (१५–२० मिनेटजति) पकाउने । मासु पकिसकेपछि त्यसको माथि गरम मसला छर्कने अनि राम्ररी मिसाउने र काटिएको धनियाले सजाउने । मटन–आलु करी तयार भयो ।