होलिस्टिक युनिभर्सल हस्पिटल

समग्र सेवा: भिन्न, सरल र सुलभ उपचार सेवा

होलिस्टिक संवाददाता

राजधानी काठमाडौंको चाबहिल चोकबाट महाराजगञ्जतर्फ ओरालो लाग्दै गोपीकृष्ण पुल तरेर केही अगाडि बढ्नासाथ सडकको दायाँ साइडमा अवस्थित छ ‘होलिस्टिक युनिभर्सल हस्पिटल’ । दशकौं अघिदेखि प्राकृतिक चिकित्सा, प्राकृतिक जीवनशैली र जडीबुटीजन्य उपचार तथा स्वास्थ्यवर्धक पोषणका सम्बन्धमा अध्ययन, खोज, अनुसन्धान, उत्पादन, प्रवर्धन, वितरण र परामर्श सेवा प्रदान गर्दै आएको ‘होलिस्टिक हेल्थ’ कै भगिनी–संस्थाका रूपमा हालै स्थापना भएको हो यो अस्पताल ।

विश्वमा मुख्यतः चार किसिमका चिकित्सकीय विधि अर्थात् उपचार पद्धति प्रचलित छन्– प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, होमियोपेथी चिकित्सा र यलोपेथी चिकित्सा । यीमध्ये प्राकृतिक चिकित्सा अरुभन्दा सरल, सहज र सुलभ (सस्तो) एवम् हानिरहित (साइड–इफेक्टविनाको) लोकप्रिय उपचार पद्धति मानिन्छ । त्यसैगरी, यलोपेथी उपचार विधिलाई आधुनिक–अत्याधुनिक र विज्ञान, प्रविधि र आविष्कारमा आधारित उपचार पद्धतिका रूपमा लिइन्छ ।

नागरिकलाई सकेसम्म रोग लाग्नै नदिन तथा कुनै रोग लागिहालेमा पनि सरल, सहज र सुलभ तरिकाले प्रभावकारी उपचार सेवा उपलब्ध गराउन हरेक समाज र राष्ट्रका शासक–प्रशासक, अगुवा नागरिक र अध्येता–अन्वेषकहरूले लामो समयदेखि अनेकौं खोज–अनुसन्धान र प्रयास गर्दै आएका छन् । यस्तै प्रयासहरूको फलस्वरूप लामो ऐतिहासिक विकासक्रमसँगसँगै ‘होलिस्टिक उपचार पद्धति’ विकसित भएको मानिन्छ ।

यसकारण होलिस्टिक

होलिस्टिक पद्धतिमा आवश्यकताअनुसार चारवटै उपचार विधिहरूको संयोजित एवम् समष्टिगत उपचार पद्धति अपनाइन्छ । यो विधिमा प्राकृतिक, आयुर्वेदिक, होमियोपेथी र एलोपेथी विधिबीच वैरभाव, वैमनश्यता, प्रतिद्वन्द्विता र निषेधको नीति अपनाइँदैन; बिरामीको आवश्यकता, स्वास्थ्य अवस्था, रुचि र सम्भाव्यताका आधारमा एकै थलोमा कुनै एक वा एकभन्दा बढी विधिहरू अपनाएर ‘समग्र स्वास्थ्य सेवा’ उपलब्ध गराइन्छ ।

‘स्वास्थ्य सेवा आवश्यक पर्नेहरूका लागि एकै थलोमा सम्पूर्ण सेवा उपलब्ध गराउने अवधारणाअनुसार मूलतः वैकल्पिक चिकित्सा विधिमा आधारित होलिस्टिक उपचार पद्धतिको प्रभावकारितालाई मध्यनजर गर्दै हामीले यो अस्पताल सञ्चालनमा ल्याएका हौं’, होलिस्टिक युनिभर्सल अस्पताल एवम् होलिस्टिक हेल्थका अध्यक्ष डा. डीबी सुनुवार भन्छन्– ‘यो सेवा महँगो छैन र यसको सवैभन्दा असल पक्ष भनेको यो हानिरहित अर्थात् साइड–इफेक्टविहीन छ ।’

‘एकै थलोमा सवै विधिका उपचार सेवा उपलब्ध हुँदा एकातिर बिरामी र बिरामीका आफन्तले पाउने दुःख कम हुन्छ र खर्च तथा समयको पनि बचत हुन्छ भने अर्कातिर उपचार सेवा र औषधि खोज्दाखोज्दै समय गुज्रेर अकालमै बिरामीको मृत्यु हुनेसम्मको खतरा समेत धेरै हदसम्म टर्दछ’– डा. सुनुवारको भनाइ छ ।

होलिस्टिक युनिभर्सल हस्पिटलमा ओपीडी सेवाका साथै बिरामी भर्ना गरेर उपचार गर्ने सेवा समेत उपलब्ध रहेको डा. सुनुवारले बताए । ‘मान्छे शारीरिकरूपमा मात्र स्वास्थ्य भएर पुग्दैन’, डा. सुनुवार भन्छन्– ‘पूर्ण स्वस्थताका निम्ति मान्छे शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक र प्राकृतिकरूपले स्वस्थ हुनुपर्छ; सारमा भन्नुपर्दा समग्ररूपले स्वस्थ हुनु जरुरी हुन्छ । यसै आवश्यकतालाई मध्येनजर गरेर नै यो अस्पताल सञ्चालित छ ।’

होलिस्टिकमा उपलब्ध सेवा र सामग्री

होलिस्टिक युनिभर्सल हस्पिटलमा ‘हेलो थेरापी’, ‘साउन्ड थेरापी’, ‘डाइट थेरापी’, ‘अकुपञ्चर थेरापी’, ‘अकुप्रेसर थेरापी’, ‘फिजिकल थेरापी’ लगायतका सेवा उपलब्ध छन् । यस हस्पिटलले सेवाका विभिन्न प्याकेजहरू समेत उपलब्ध गराइरहेको छ । ‘होलिस्टिक डाइट’, ‘होलिस्टिक फाम–ओ–केयर’, ‘होलिस्टिक फिटनेस’, ‘होलिस्टिक माइन्डफुलनेस’, ‘होलिस्टिक नर्सिङ’, ‘होलिस्टिक वेलनेस’ इत्यादि यस अस्पतालले उपलब्ध गराइरहेका सेवा–प्याकेज हुन् ।

होलिस्टिक हेल्थले दशकौंदेखि आफ्नै उत्पादनहरू समेत उपलब्ध गराउँदै आइरहेको छ । बालबालिकाका लागि ‘बार्ली’, ‘एलोभेरा’, जी. माइसेलियुम’, ‘स्पिरिलुना’ जस्ता ‘चाइल्ड–केयर सप्लिमेन्ट्स’ उपलब्ध छन् । ‘एलोभेरा’, ‘एन्जेलिका’, ‘बार्ली’, ‘कर्डिसेप’, ‘कुर्कुमिन’, ‘जी. माइसेलियुम’ जस्ता न्युट्रास्युटिकल्सका अतिरिक्त होलिस्टिकले पोषणयुक्त कस्मेटिक्स पनि उत्पादन गर्दै आएको छ । ‘एलोभेरा नेचुरल सोप’, ‘डर्मा किङ सोप’, ‘डर्मा साइन सोप’, ‘युकालिप्ट्स् नेचुरल सोप’, ‘हेयर गार्ड स्याम्पो’ इत्यादि कस्मोस्युटिकल्स पनि होलिस्टिककै उत्पादन हुन् ।

‘एन्टि–एक्ने क्रिम’, ‘एन्टि–पिग्मेन्ट क्रिम’, ‘एन्टि–रिङ्कल क्रिम’, ‘फोमिङ फेस क्लिनर’, ‘ओसियन इनर्जी मोस्चराइजिङ क्रिम’, ‘स्नो ह्वाइटनिङ नाइट क्रिम’ जस्ता स्किन केयर एवम् ब्युटी प्रडक्ट समेत होलिस्टिकले उत्पादन र बिक्री–वितरण गरिरहेको होलिस्टिक हेल्थकी निर्देशक अनिता सुनुवार बताउँछिन् । ‘गानोदर्मा तथा जिन्सेङ कफी, गानोदर्मा तथा जिन्सेङ ग्रीन टी, गानोदर्मा ब्ल्याक कफी, गोल्ड टिप्स ग्रीन टी, पल्र्स ग्रीन टी, सिल्भर टिप्स ग्रीन टी आदि पनि होलिस्टिकका लोकप्रिय उत्पादनमध्ये पर्दछन्,’ निर्देशक सुनुवार भन्छिन्– ‘एन्जेलिका जाम, बार्ली जाम, बार्ली बिस्कुट, नेचुरल जाम आदि पनि सेवाग्राहीले अत्यधिक मन पराएका होलिस्टिकका उत्पादन हुन् ।’