यसरी बनाउनोस् यी परिकार
होलिस्टिक संवाददाताकागुनोको खीर
आवश्यक सामग्री
घिउ– १ चिया चम्चा, अलैंची– आधा चिया चम्चा, कागुनो– आधा कप, पानी– २ कप, सक्खर– १५० ग्राम, रोज वाटर– १ चिया चम्चा, काजु, पास्ता, बदाम– १–१ चम्चा ।
बनाउने तरिका
एउटा प्रेसर कुकरमा घिउ, अलैंची र कागुनो राख्ने । त्यसपछि हल्का खैरो रङ्गको नभएसम्म (३–४ मिनेट) सम्म भुट्ने । अब त्यसमा पानी थपेर कुकरको ढक्कन बन्द गर्ने र १ सिट्टी नलागुन्जेलसम्म मध्यम आँचको आगोमा पकाउने । त्यसपछि आगो निभएर (ग्यास बन्द गरेर) प्रेसर कुकर खोल्ने ।
एउटा प्यानमा सक्खर र १ कप पानी राखेर उमाल्ने । अब पकाएको कागुनोमा दूध हाल्ने । त्यसपछि उक्त मिश्रणलाई गाढा रङ्गको नभएसम्म कम आँचमा पकाउने । त्यसपछि यो मिश्रणलाई ५ मिनेटजति सेलाउन दिएर त्यसमा सक्खरको मिश्रण र गुलाबजल मिसाउने ।
यसमा अब माथिबाट काजु, पास्ता र बदामका टुक्रा छर्कने । कागुनोको खीर तयार भयो ।
मिल्क प्रोटिन सेक
आवश्यक सामग्री
दूध– ३०० मिलिलिटर, फक्सनट (मक्खन)– २ चम्चा (पाउडर बनाएको), बदाम– ३ वटा, ओखर– २ वटा, कालो चना– १० ग्राम, किसमिस– ५ पिस (वैकल्पिक) ।
बनाउने तरिका
चना, बदाम र ओखरलाई रातभर भिजाउने । त्यसपछि बदाम र ओखरको भित्री बोक्रा (छाला) निकालेर हटाउने । चनालाई मोर्टारपेस्टलमा पिसेर पेस्ट बनाउने । सफा र नभुटेको फक्सनट पिसेर पाउडर बनाउने ।
अब दूध तताएर उमाल्ने । उम्लिसकेपछि पनि उक्त दूधलाई मध्यम आँचमा थप २–३ मिनेट तताउने । त्यसपछि सो दूधमा फक्सनट पाउडर, पेस्ट र किसमिस थप्ने । यसलाई फेरि केही मिनेट तताउने । मिल्क प्रोटिन सेक तयार भयो । यसलाई तात्तातै वा मनतातो हुँदै पिउँने ।
ल्याम्ब बार्ली सुप
आवश्यक सामग्री
जौ– १ कप, भेंडाको मासु– १ पाउन्ड, पातलो गरी काटिएको च्याउ – १ कप, काटेको गोलभेंडा– १ कप, पालक– आधा पाउन्ड, प्याज– १ कप (काटिएको), सोयासस– ३ चम्चा, लसुन पेस्ट– १ चम्चा, अदुवाको पेस्ट– १ चम्चा, बेसार– १ चम्चा, बटर– ३ चम्चा, नुन र खुर्सानी– स्वादअनुसार, पानी– ६ कप, जिरा र धनियाको पाउडर– १ चम्चा, रातो खुर्सानीको धुलो– आधा टेबल चम्चा ।
बनाउने तरिका
भेंडाको मासुलाई आधा इन्च लामो र चौथाई इन्च चौडाइका बाक्ला–बाक्ला स्लाइस बनाएर काट्ने । त्यसलाई सफा पानीले पखाल्ने र स–साना टुक्रा पारी फेरि काट्ने । एउटा कचौरामा राखी भेंडाको उक्त मासुलाई नुन र खुर्सानीले म्यारिनेट गर्ने ।
अब प्यान तताउने र त्यसमा बटर राख्ने । बटर पग्लेपछि त्यसमा प्याज राखेर हल्का खैरो नहोउन्जेल पकाउने । त्यसपछि म्यारिनेट गरिएको मासु थप्ने र सुनौलो–खैरो नहोउन्जेलसम्म पकाउने । त्यसपछि आगोको आँच घटाउने पातलो गरी काटिएको च्याउ थप्ने । त्यसपछि लसुन, अदुवा र बेसार पनि थप्ने र एक मिनेटजति चलाउने । अन्त्यमा गोलभेंडा, सोया सस र पानी थप्ने ।
अब आगोको आँच बढाएर उक्त मिश्रणलाइ उमाल्ने । उम्लन थालेपछि त्यसमा जौको दाना थप्ने र राम्ररी चलाउने । त्यसपछि आगो कम गरेर लगभग एक घन्टाजति पकाउने । पाकेर बाक्लो भएपछि त्यसमा पालक थप्ने अनि हल्का चलाउँदै एक मिनेटजति पकाउने । सुप तयार भयो, यसलाई तात्तातै सर्भ गरी स्वादको मज्जा लिने ।