मानवोपयोगी–स्वास्थ्यसेवी प्रकाशनकर्मलाई शुभकामना !

होलिस्टिक संवाददाता

भर्खरै प्रकाशनारम्भ भएको ‘होलिस्टिक’ मासिकले एकैसाथ स्वास्थ्य, जीवनशैली र बौद्धिक सामग्रीको प्याकेज प्रस्तुत गर्ने जमर्को गरेको छ । आकर्षण, मनोरञ्जन, स्वास्थ्य र प्रकृतिको अनुपम संयोजन बनेर बजारमा आएको ‘होलिस्टिक’ सकारात्मक पत्रकारिताको उदाहरण बन्दै जाने निश्चित देखिन्छ ।

पहिलो र दोस्रो अङ्कमा यसले सम्प्रेषित गरेका सामग्री अत्यन्तै जीवनोपयोगी छन् । खानपान, रहनसहन, जीवनशैली, जनस्वास्थ्य, प्रकृति, पर्यावरणजस्ता विषयमा गहन खोज, अनुसन्धान र विवेचना गर्दै प्रकृतिको रक्षातर्फ अग्रसर हुन मानवजातिलाई अभिप्रेरित गर्ने ‘होलिस्टिक’ को प्रकाशन–दृष्टि प्रशंसायोग्य छ ।

‘होलिस्टिक’ ले हालसम्म प्रदर्शित गरेको दृष्टिकोण र हासिल गरेको पहिचान तथा गुणस्तर कायम राख्दै अझ उचाई हासिल गरोस् । हार्दिक शुभकामना !

राजकुमार केसी
महालक्ष्मी नगरपालिका– ८, लुभु, ललितपुर