स्तन क्यान्सर जितेपछिको उमङ्ग
तारा राईपूर्वी नेपालमा पर्ने पाँचथरको मिक्लाजुङ गाउँपालिका– ५ मा ३५ वर्षअघि मेरो जन्म भएको हो । वि.सं. २०७१ मा साइप्रस गएकी थिएँ । पैसा कमाउन त्यहाँ पुगेको एक वर्षपछि मेरो बायाँ स्तनमा सानो गिर्खो भेटियो । छाम्दा थाहा पाइने त्यो क्यान्सर हुन सक्ने शङ्का लागेपछि तुरुन्तै नेपाल फर्किएँ ।
त्यति छिटै नेपाल फर्कन कठिन थियो । तर, काम गर्ने घरमा आफ्नो स्वास्थ्य समस्याबारे जानकारी गराएर धेरै अनुरोध गरेपछि फर्कने अनुमति पाएँ । नेपाल आउनेवित्तिकै भक्तपुरस्थित नेपाल क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराएँ । स्तनमा क्यान्सर भएको प्रमाणित भयो ।
क्यान्सर तेस्रो तह (थर्ड स्टेज) मा पुगिसकेको रहेछ । छाँगाबाट खसेझैं भएँ । मैले त करिव–करिव बाँच्ने आशा नै मारिसकेकी थिएँ । झिनो आशा भने बाँकी थियो । क्यान्सर प्रमाणित हुनासाथ सोही अस्पतालमा उपचार गराउन थालें ।
शल्यक्रिया गरी स्तनमा रहेको गिर्खा निकालियो । अस्पताल भर्ना भएर २३ दिन बसें । प्रत्येक २१ दिनमा एक साइकल गरी छ साइकल किमो चलाउँदा शरीर कमजोर भएर झुम्रोजस्तै भइसकेको थियो । किमोले अति नै गलायो । शरीर शिथिल बनायो । कपाल झर्याे । किमोको प्रभाव असह्य थियो ।
त्यसपछि चिकित्सकको सुझावमा २५ दिन रेडियोथेरापी गरियो । रेडियोथेरापी सुरु गरेको दस दिनपछि एक महिलाले ‘होलिस्टिक’ ब्राण्डका फुड सप्लिमेन्ट खान सुझाइन् । रेडियोथेरापी गरिरहँदा सँगसँगै फुड सप्लिमेन्ट पनि खाएँ ।
फुड सप्लिमेन्ट खान थालेपछि क्यान्सरको उपचारका क्रममा शल्यक्रिया, किमोथेरापी तथा रेडियोथेरापीद्वारा शिथिल भएको मेरो शरीर बिस्तारै तङ्ग्रन थाल्यो । बिस्तारै शरीर मजबुत हुँदै गएको अनुभूति भयो । फुड सप्लिमेन्टको महŒव राम्ररी बुझें । त्यतिबेला सुरु भएको फुड सप्लिमेन्ट खाने क्रम आजसम्म पनि निरन्तर जारी नै छ ।
उपचारको एक वर्षपछि फलोअपका निम्ति सोही अस्पताल गएँ । स्वास्थ्य परीक्षण गराउँदा क्यान्सर निर्मूल भैसकेको पत्ता लाग्यो । झन्डै–झन्डै माया मारिसकेको जीवन बाँचेपछि अब मलाई अरु के चाहियो र ! क्यान्सर जितेपछिको जीवन उमङ्गमय बनेको छ । यो खुसीको कसरी वर्णन गरुँ !