किन हुन्छ बीर्यमा ‘गतिशीलता’ ?

प्रा.डा. दिनेश बाँस्तोला

कसैले जीवनलाई अर्थोपार्जन, राजनीतिक उपलब्धि, अध्यात्मलगायतसँग जोडेको हुन्छ र सोहीअनुसार व्याख्या गर्ने गरेको हुन्छ भने कसैले जीवन र यौन अर्थात् सृष्टिको अर्को महत्वपूर्ण पाटोबारे गहन अध्ययन, अनुसन्धान र विवेचना गर्ने काम गर्दछ ।

हिजोको जमानामा मानिसको सरदर आयु तुलनात्मकरूपले कम हुँदा रोग, भोक र शोकमा नै मान्छेको ध्यान बढ्ता जाने गरेको थियो । त्यो अवस्थामा शारीरिक तथा मानसिक पक्षका यी र यस्ता सन्दर्भले खासै प्रश्रय पाएनन् ।

अझै पनि यौनका धेरै पाटा–पक्षबारे निकै नै अध्ययन–अनुसन्धान हुन बाँकी छ । मानव सभ्यताको विकासक्रम र समयको आवश्यकतासँगसँगै यसबारे थप अध्ययन–अनुसन्धानको आवश्यकता छ र त्यसो हुने नै छ । यस आलेखमा भने बीर्य र शुक्रकीटबारे सङ्क्षिप्त चर्चा गरौं ।

एक पटक समागम (सम्भोग) गर्दा करिब ३.५ मिलिलिटर बीर्य स्खलित हुन्छन् । प्रतिमिलिलिटर बीर्यमा करिव १ अर्ब २० करोड शुक्रकीट हुन्छन् । अर्थात्, एकपटक बीर्य–स्खलन हुँदा ३ अर्व ६० करोड सङ्ख्याका शुक्रकीट निष्काषित हुन्छन् । एकपटक यौन सम्पर्कका क्रममा २० करोडभन्दा थोरै शुक्रकीट निष्काषित भएमा भने बाँझोपनको सम्भावना बढी हुन्छ ।

एक पटकको यौनक्रियामा त्यति धेरै शुक्रकीट स्खलित भए तापनि अन्त्यमा एउटा डिम्बसँग एउटै मात्रै शुक्रकीट निषेचित हुन्छ । अतः त्यति धेरै चलायमान र गतिशील शुक्रकीट किन चाहिने त भन्ने प्रश्न उब्जन सक्छ । यसको वास्तविक र वैज्ञानिक अर्थ अझै पत्ता लागेको छैन । एउटा डिम्बसँग निषेचित हुनका निम्ति निकै धेरै सङ्ख्याका शुक्रकीटले सङ्घर्ष (प्रतिस्पर्धा) गर्नुपर्छ ।

कहिलेकहीं आधाभन्दा बढी शुक्रकीटहरू पूर्ण शरीरका रूपमा असामान्य नै हुन्छन् । दुई टाउके असामान्य आकारको टाउको भएको, असामान्य पुच्छरहरूयुक्त बनावटका र सामान्य नै भए पनि गति र चाल कम वा थेरै भएका शुक्रकीटको गर्भधारणका निम्ति कुनै अर्थ हुँदैन । यस्ता शुक्रकीट डिम्बसँग निशेचित हुने प्रक्रियामै समावेश हुन सक्दैनन् ।

बीर्यभित्रका शुक्रकीटहरूमा टाउको र मध्यभाग दुवै पाँच–पाँच क्युबिक मिलिलिटरका हुन्छन् भने प्रमुख भाग ५० क्युबिक मिलिलिटरको र अन्तिम भाग (पुच्छर) पाँच क्युबिक मिलिलिटरको हुन्छ । यसरी एउटा शुक्रकीटको लम्बाई ६५ क्युबिक मिलिलिटर हुन्छ । मानव बिर्र्यको बनावट तथा रचनाको रङ्ग सेतो तथा धमिलो हुन्छ ।

बीर्यमा विशिष्ट किसिमको गुरुत्वाकर्षण हुन्छ, जसको शक्ति १.०२८ हुन्छ । बीर्यको पी.एच. ७.३५ देखि ७.५० हुन्छ भने शुक्राणु गणना करिब १ अर्ब प्रतिमिलिलिटर हुन्छ । यसमा २० प्रतिशतभन्दा थोरै शुक्राणु सधैं असामान्य आकृतिका हुन्छन् । र, बीर्यमा यीबाहेक अन्य तत्व पनि हुन्छन् । जस्तै– फ्रुक्टोज १.५ देखि ६.५ मिलिग्राम प्रतिमिलिलिटर हुन्छ । त्यस्तै, बीर्यमा फाेस्फोरिल अम्ल, फ्लाभिन्स, प्रोस्टाग्ल्यान्डिन्सजस्ता तत्व पनि रहेका हुन्छन् ।

स्पेर्मिन, सिट्रिक अम्ल, फ्लोमिन्स, प्रोस्टाग्लान्डिन्स आदिको मिश्रणबाट बीर्यकाे बनावट वा रचना हुन्छ । पुरुषमा यसको रचना वा सृष्टि नै निकै जटिल रहेको देखिन्छ । सृष्टिपछि त्यो जटिलता व्यवहारमा अनि अभ्यासका क्रममा भने महिलामा बढी जटिल देखिन्छ ।

सारतः मानव सृष्टिका लागि शुक्रकीट तथा भ्रूणको महत्वपूर्ण भूमिका हुन्छ । र, यौन सम्पर्क तथा गर्भधारणमा शुक्रकीट र बीर्यले नै सर्वाधिक महत्वपूर्ण भूमिका खेल्छन् ।