बाँझोपन, गर्भधारण र निषेचन
प्रा.डा. दिनेश बाँस्तोला
पुरुष हुनका लागि पुरुषको गुण हुनु आवश्यक हुन्छ । यौनको मामलामा तुलनात्मकरूपले सामान्यतः पुरुष बढी र महिला कम सक्रिय हुन्छन् । मानिसमा मात्र होइन, अधिकाङ्श प्राणीजगत्मा समेत यही कुरा लागू हुन्छ । यौन क्रियाकलप मानिसले पशुपक्षीबाट सिकेको हुन्छ । त्यसका अतिरिक्त मान्छेले साथीभाइ तथा अग्रजबाट पनि यौनशिक्षा सिक्दछ ।
पुरुष हुनका लागि कपालको रेखाशैली, दाह्री–जुँगा तथा दुईवटा सन्नी (अण्डाशय) अनिवार्य सर्त हुन् । तीबाहेक पुरुषका लागि पुरुष मस्तिस्क पनि अनिवार्य सर्त हो । सामान्यतः अग्लो हुनु र शरीरमा बोसोको मात्रा कम हुनु पनि पुरुषका गुण हुन् ।
अझ अनिवार्य सर्त त पुरुषको बिर्यमा शुक्रकीट हुनु हो । पुरुष हुनका लागि बिर्यमा शुक्रकीट हुनु अनिवार्य नै हुन्छ । यदि शुक्रकीट हुँदै नभएमा वा आवश्यक मात्रामा नभएमा बाँझोपन हुन्छ । पुरुषमा शुक्रकीटको सङ्ख्या ६० प्रतिशतभन्दा कम भयो भने सामान्यतः त्यो पुरुष बाँझो हुन्छ ।
के–के हुन्छन् पुरुष बिर्यमा ?
पुरुषको झोल पदार्थ (शुक्रकीट तथा बिर्यको मिश्रण) मा हुने सामग्रीहरूमध्ये भास डिफरेन्सबाट १० प्रतिशत शक्रुकीट निस्कन्छ भने सेमिनल भेसिकलबाट ६० प्रतिशत झोल पदार्थ निस्कन्छ । पुरुषको प्रोस्टेट ग्रन्थीबाट ३० प्रतिशत झोल पदार्थ निष्कन्छ; बल्गो युरेथ्रल ग्रन्थीबाट थोरै झोल पदार्थ निष्काषित हुन्छ ।
अधिकाङ्श बिर्यको झोल सेमिनल भेसिकलबाट निष्काशन हुने झोल पदार्थ हो, जुन यौन–क्रिडाका क्रममा अन्तिममा स्खलित हुन्छ । पेरिसटाल्सिसको चालबाट बगेर मूत्रनलीबाट बिर्य स्खलित हुन्छ । बिर्यमा शुक्रकीट केवल मिश्रण झोलका रूपमा देखिने कोष हो ।
प्रोस्टेट झोलले नै बिर्यको रङ्ग दूधजस्तो गराउँछ; सेमिनल भेसिकल र श्लेस्माका ग्रन्थीहरूको झोलले गर्दा श्लेस्मियका रूपमा रहन्छ । पुरुषको प्रोस्टेट ग्रन्थीबाट निस्कने झोलमा बिर्यलाई जमाउने फिद्रिन नामक तŒव हुन्छ, जसका कारण पुरुष जनेन्द्रीयबाट बाहिर निस्केको बिर्य केही समयमा जम्छ । तर, स्त्री जनेन्द्रीयभित्र बिर्य झरेमा भने केही समय जमेर बस्छ ।
शुक्रकीट–प्रवाह
स्त्री जनेन्द्रीयभित्र जमेको बिर्य १० देखि १५ मिनेटभित्र पुनः झोल बन्छ, जसको फलस्वरूप बिर्य स्खलन भई योनीभित्र पनि सुरुको समयमा शुक्रकीट अचल भएर बसेको हुन्छ । यसरी अचल बस्नुको मुख्य कारण नै बिर्यको बाक्लोपन हो ।
जब बिर्य पग्लन थाल्छ तब मात्र प्रवाह भई शुक्रकीटको उच्च गतिको चाल देखिन्छ । यौन सम्पर्कका क्रममा बिर्य योनीबाट सर्भिक्स हुँदै पाठेघर र फ्यालोपियन नलीमा पुगेर डिम्बसँग निषेचित हुन्छ । महिलाको डिम्ब निष्काशन भएन भने शुक्रकीट निष्क्रिय भई मर्दछ ।
शुक्रकीटको आयु र निषेचन
जनेन्द्रीय नलीमा शुक्रकीट धेरै हप्तासम्म बाँच्न र रहन सक्छ । तर, शुक्रकीटले डिम्ब निषेचन गर्न पाएन भने सो शुक्रकीट निष्क्रिय रहन्छ । डिम्बको आयु छोटो हुन्छ । एक पटक बिर्यमा भएको शुक्रकीटको उच्चतम आयु २४ देखि ७२ घन्टासम्म हो । यो शरीरको सामान्य तापक्रममा हो; उच्च तापक्रममा भने यसको आयु धेरै छोटो हुन्छ । अति न्यून तापक्रममा शुक्रकीटको आयु लामो हुन्छ ।
त्यसैले शुक्रकीटलाई कम तापक्रममा कृत्रिमरूपले सय वर्षभन्दा बढी समयसम्म पनि सुरक्षित राख्न सकिन्छ । धेरै चिसो (माइनस सय डिग्री) तापक्रममा वर्षौंसम्म पनि शुक्रकीटलाई बचाएर राख्न सकिन्छ । यही विधिका आधारमा आधुनिक प्रविधिको सहयोगमा शुक्रकीटलाई बचाएर राखी कृत्रिम गर्भाधारण गराएर बच्चा जन्माउन सकिन्छ ।
शुक्रकीट पूर्ण वयस्क हुनका लागि ‘इपिडिडाइमिस’ बाट निस्केको हुनुपर्छ । निषेचनको समयमा पुरुषको शुक्रकीट र महिलाको डिम्बबाट बराबर मात्रामा आनुवाङ्शिक माल (क्रोमोजम र जिनहरू) लिएर पूर्ण नयाँ कोषको विकास भई भु्रण बन्दछ । आधुनिक प्रविधिको प्रयोग गरेर पनि डिम्ब र शुक्रकीटको निषेचन गराई बच्चाको चाहना भएका तर बाँझोपनयुक्त महिलामा गर्भाधारण गराउन सकिन्छ । जति धेरै शुक्रकीट भए तापनि अन्त्यमा एउटा शुक्रकीट मात्र एउटा डम्बमा निषेचित हुन्छ ।