उत्सव, मौसम र यौन

प्रा.डा. दिनेश बाँस्तोला

यौनक्रीडा सम्बन्धित जोडीको तजबिजमा भर पर्छ । यौन क्रियाकलाप जोडीबीचको सहमतिअनुसार नै तय हुन्छ । यौन सम्पर्कमा मौसमले प्रभाव पार्छ । अर्थात्, मौसमी परिवर्तनअनुसार यौनक्रियामा फरक पर्दै जान्छ ।

यौन र मौसम

शरद ऋतु तथा वर्षात्का बेला जोडीबीचको यौन सम्पर्क या यौन क्रियाकलाप बढी हुने गरेको अध्ययनहरूको निष्कर्ष देखिन्छ । चिसो अर्थात् हिउँदे मौसममा भने यौन सम्पर्क तथा यौन क्रियाकलाप घटेको पाइए पनि कतिपय अध्ययनका तथ्याङ्कमै विरोधाभाष देखिन्छन् । विभिन्न ठाउँमा हुने फरक मौसमको प्रभावले पनि यौन क्रियाकलापमा प्रभाव पारेको हुन्छ । उमेर, लिङ्ग, सामाजिक तथा आर्थिक आदि अवस्थाले समेत यौन क्रियाकलापमा प्रभाव पार्ने गरेको हुन्छ ।

जीवनशैली तथा मौसमले जनेन्द्रीयजन्य हर्मनको उत्पादन र प्रवाहमा प्रभाव पार्दछ । जीवनशैली तथा मौसमले नै यौन उत्तेजना पैदा गर्ने या नगर्ने अवस्था सिर्जना गर्दछन् । मनोसामाजिक विषयले समेत यौन उत्तेजनाको घटबढमा प्रभाव पारेको हुन्छ ।

पहिलो यौन सम्पर्क समेत वर्षात्का बेला नै बढी हुने गरेको पाइन्छ । यौन क्रियाकलाप मनोवैज्ञानिक पक्षमा भर पर्दछ । अर्को शब्दमा भन्ने हो भने यौन क्रियाकलापलाई मनोव्यवहारले प्रभावित तुल्याउँदछ । मौसमअनुसार मान्छेको स्वभाव र क्रियाकलाप बदलिने हुँदा त्यसले यौनमा समेत प्रभाव पार्दछ ।

उत्सव र यौन

महिलाको डिम्बाशय र पुरुषको अण्डाशयबाट निष्काषन हुने हर्मनमा नै यौन क्रियाकलाप भर पर्दछ । विभिन्न उत्सवलगायतमा दिइने बिदाका कारण समेत यौन क्रियाकलाप तथा यौन सम्पर्कमा प्रभाव पर्दछ । बिदा तथा उत्सवले यौनिक सोच र यौन क्रियाकलापमा प्रभाव पर्दछ ।

उत्सवमा छुट्टी भएका बेला विभिन्न व्यक्ति, परिवार तथा समाजसँग भेटघाट हुन्छ । यस्तो बेला फुर्सद समेत हुने भएकाले यौन जोडीबीच यौन सम्पर्कका निम्ति अनुकूल वातावरण बन्दछ; यौन जोडी एकापसमा नजिकिने मौका मिल्दछ; एकापसमा गफगाफ हुन्छ । यो अवस्थाले जोडीबीच यौन क्रियाकलाप अर्थात् यौन सम्पर्कको अवसर मिल्दछ ।

छुट्टीको समय नै यौन क्रियाकला तथा यौन सम्पर्कका लागि उचित समय हो । बिदाको समयमा कलेज तहका युवायुवती समेत यौन क्रियाकलापमा सहभागी हुने गरेको पाइन्छ ।

साँझ र यौन

हुन त यौन क्रियाकलाप तथा यौन सम्पर्कका लागि जोडीले नै उपयुक्त समयको छनोट गर्न सक्दछन् । सामान्यतया साँझपख र बिहान उज्यालो हुनुपूर्वको मिर्मिरेमा यौन क्रियाकलाप बढी रुचाइने गरेको अध्ययनहरूले देखाएका छन् । यही समयलाई यौनानन्दका निम्ति उपयुक्त समयका रूपमा लिइने गरेको पाइन्छ ।

बेलुकीको समयमा यौन क्रियाकलाप गर्न रुचाउने यौन जोडीको सङ्ख्या नै बढी रहेको अध्ययनहरूले देखाउँछन् । यसो हुनु स्वाभाविकै पनि हो किनकि बेलुकी यौन सम्पर्क गर्नाले दिनभरको तनाव तथा थकान मेटिन्छ ।

साँझको समयमा गरिने यौन सम्पर्कले यौन जोडी शारीरिक तथा मानसिकरूपमा आनन्दित हुन्छ । बेलुकीपख सुतेपछि महिला र पुरुषका यौनाङ्ग सक्रिय हुन्छन् । त्यसपछि मस्तिस्कको यौन सक्रियता समेत बढ्दछ ।

यौन क्रियाकलापका निम्ति मौसम, ठाउँ, समयलगायतको उचित वातावरण मिल्नु आवश्यक हुन्छ । सबै हिसाबले उपयुक्त वातावरण मिलाएर यौन क्रियाकलाप गर्दा नै जोडीले लाभ लिन र आनन्दानुभूति गर्न सक्दछ ।