पोशाकका शौखिन डाक्टर
वीर अस्पताल क्लिनिकल अङ्कोलोजी विभागका प्रमुख तथा एसोसियटेड प्रोफेसर हुन्, डा. विवेक आचार्य । क्यान्सरका बिरामीको सेवामा तल्लीन रहनु उनको दैनिकी हो । अग्लो कद, शरीर सुहाउँदो र चटक्क मिलेको पोशाक लगाएर बिरामीको सेवामा खट्ने डा. आचार्य उत्तिकै मिजासिला पनि छन् । बिरामीसँग कहिल्यै नरिसाउने उनी ज्यादै आत्मीय व्यवहार गर्छन् । डाक्टरले आत्मीय व्यवहार गर्दा बिरामीले आफ्ना समस्या खुलस्त बताउने अवसर त पाउँछन् नै, आत्मबल समेत ह्वात्तै बढ्छ ।
५ फिट ११ इन्चको उचाईका ४९ वर्षीय आचार्यको तौल ८२ किलोग्राम छ । उचाईको तुलनामा तौल केही बढी नै भए तापनि उनको शरीरिक बनावट भने आकर्षक र सुन्दर छ । २१ वर्षदेखि चिकित्सकीय सेवारत डा. आचार्य बिरामीको सेवामा जति तल्लीन हुन्छन्, आफूले लगाउने पोशाकप्रति पनि त्यत्तिकै सचेत हुन्छन् । उनै क्यान्सर रोग विशेषज्ञसँग हाेलिस्टिककर्मीले गरेको पोशाक–संवाद ।
पोशाकमा कत्तिको सचेत हुनुहुन्छ ?
छु । बिरामीको सेवामा धेरै समय बिताउनुपर्ने भएकाले पोशाक लगाउँदा विचार त पु¥याउनै प¥यो ।
कस्ता पोशाक लगाउन मन पर्छ ?
मेरो कपडा छनोट प्रक्रिया चाहिँ पोशाकमा भर पर्छ । मलाई प्रायः जेन्टल कलरका कपडा मन पर्छन् । कम्फर्टेबल पोशाक लगाउँछु । छनौट गर्दा नै हिँडडुल गर्न सहज हुने किसिमका पोशाक छान्छु । पहिले–पहिले डाक्टर भनेपछि कोट, टाई, सुट लगाउने चलन थियो तर मलाई त्यो मन पर्दैन । आफूलाई सजिलो लाग्ने अनि सुहाउँदो कपडा लगाउन मन पर्छ । शारीरिकरूपमा सहज हुने किसिमका कपडा लगाउँछु ।
तपाईंको पोशाकका धेरैजसो ‘आइटम’ के–के हुन्छन् ?
म औपचारिक किसिमका पोशाक कम लगाउँछु । धेरैजसो जिन्सको पाइन्ट, टिसर्ट र कोट लगाउँछु ।
जाडो मौसममा के–के लगाउनु हुन्छ ?
जाडो मौसममा प्रायः सर्ट, स्वेटर, ज्याकेट र भुवादार जिन्स पाइन्ट लगाउँछु ।
अनि गर्मीमा नि ?
गर्मीमा प्रायः पातलो जिन्स पाइन्ट र टिर्सट लगाउँछु ।
पोशाक किन्न कत्तिको शौख लाग्छ ?
रमाइलो लाग्छ । ९० प्रतिशत लुगा आफैं किन्छु ।
लगाउने पोशाकमा बार्षिक कति खर्च गर्नु हुन्छ ?
औसतमा करिव तीस हजार जति त लुगामै खर्चन्छु । एक सिजनमा चार–पाँच वटा पाइन्ट, चार–पाँच वटा टिसर्ट, चार–पाँच वटा सर्ट किन्छु । अरु सातातिना कपडा बेला–बेलामा किनिहालिन्छ ।
त्यसो भए कपडा त टन्नै होलान् नि ?
झन्डै एक सय जोर त होलान् । धेरै पुराना, दस वर्ष अगाडिका पनि छन् । फाल्न माया लाग्छ; पुराना भए पनि राखिरहन्छु ।
दैनिक फरक–फरक लुगा लगाउनुहुन्छ ?
सामान्यतः दुई दिनमा फेर्छु ।
कस्तो रङ्गका कपडा मन पर्छन् ?
प्रायः कालो, नीलो, खरानी, क्रिम रङ्गका लगाउँछु । चहकिलो र रातो कमै लगाउँछु ।
कपडा नेपालमै किन्नुहुन्छ कि विदेशमा ?
कामविशेषले विदेश गइरहनुपर्ने हुन्छ । धेरैजसो कपडा त अष्टे«लिया, जापान, इन्डियाबाट फर्कंदा ल्याउँछु । नेपालमा किन्नुपर्दा प्रायः ठमेलमा किन्ने गरेको छु ।
प्रायः नेपाली ब्रान्डका कपडा लगाउनुहुन्छ कि विदेशी ?
कहाँ बनेको भनेर त्यति ध्यान दिन्नँ, मन परेका कपडा किनिहाल्छु ।
चिकित्सक पेशा अँगालेका व्यक्तिले ‘डे«स सेन्स’ मा कत्तिको ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
ध्यान त दिनैपर्यो । सामान्यतः विश्वभर नै चिकित्सकले फर्ममल पोशाक लगाउने चलन हुन्छ । विदेशमा धेरैजसो फर्मल पोशाकमा जोड दिइन्छ । कम्फर्टेबल पोशाक लगाउनुपर्छ ।
चिकित्सकीय पेशा अँगालेका व्यक्तिले कस्ता पोशाक लगाउनु उचित ठान्नुहुन्छ ?
बिरामीसँग घुलमिलत त हुनैपर्यो । पोशाकचाहिँ चिटिक्क लगाएर बिरामीसँगको व्यवहारचाहिँ खरो गर्नु ठीक होइन । औपचारिक कसिमका पोशाक लगाए पनि व्यवहार राम्रो हुनुपर्छ । सकेसम्म सिम्पल पोशाक लगाउनु उचित हुन्छ ।
जुत्ताको पनि कुरा गरौं, जुत्ता कस्तो मन पर्छ ?
नरम, लेदरका जुत्ता मन पर्छ । लगाउँदा हिँड्न सहज हुने किसिमका लगाउँछु । औपचारिक र अनौपचारिक दुवै किसिमका लगाउँछु ।
कति जोर छन् जुत्ता ?
दस जोर ।
वर्षमा कति जोर जुत्ता किन्नु हुन्छ ?
दुई–तीन जोर किन्छु । छ महिनासम्म एउटै लगाउँछु, त्यो फाटेपछि मात्रै अर्को जोर लगाउँछु ।